|

बैतडी : दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । 

मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो। मंगलबार घरमा एक्लै सुतिरहेका अवस्थामा उनको हत्या गरिएको प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट लागेको छ ।

हत्याराले ठगुन्नाको साथमा रहेको १० लाख रुपैयाँसमेत लुटेर लगेको स्थानीयवासी दिनेश सिंहले बताए। ठगुन्नाका श्रीमती र छोरा तराईमा बस्दै आएका छन्। परिवारलाई पठाउन जम्मा गरेको  १० लाख रुपैयाँकै लागि ठगुन्नाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, इलाका प्रहरी कार्यालय लटिनाथ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.