|

कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले प्रदर्शनलाई बढावा दिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको बैठकपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले बिहीबार साँझ ५ बजेदेखि जारी हुनेगरी कर्फ्यू आदेश जारी गरेका हुन्। हाल जारी भएको कर्फ्यू शुक्रबार बिहान ५ बजे (१२ घण्टा)सम्म जारी रहने बताइएको छ। उनले प्रदर्शनका कारण सरकारी तथा सार्वजनिक सम्पतिमा क्षति पुर्‍याउन सक्ने आशंकका कारण कर्फ्यू लगाएको जानकारी गराएका छन्। उनका अनुसार 'अराजक भीडका कारण शान्ति भंग हुने परिस्थिति सिर्जना भएकाले' कर्फ्यू आदेश जारी गर्नुपरेको हो।

प्रमखु जिल्ला अधिकारी खड्काले, 'अर्को आदेश नभएसम्म घरबाहिर ननिस्किन, आवतजावत नगर्न, भेला जम्मा नहुन तथा कुनैपनि प्रकारका गतिविधि नगर्न नगराउन सर्वसाधारणको जानकारीका लागि स्थानीय प्रशासन ऐनअनुसार कर्फ्यू आदेश जारी गरिएको' बताएका छन्।

कर्फ्यूको क्षेत्र यसप्रकार रहेको छ:

पूर्व : भीमदत्त नगरपालिका (भीनपा) १८ जनज्योती चोक भासीदेखि कारागारको पछाडिको नहर हुँदै मदन भण्डारी स्मृति प्रावि पछाडिको नहर चोकसम्म

पश्चिम : भीनपा ६ त्रिपुरा युवा क्लब वनगाउँको कार्यालयदेखि भीनपा ४ निंगलाशैनी उच्चमावि पछाडिको नहरसम्म

उत्तर : जनज्योति चोक भासीदेखि उत्तर नहर हुँदै खैरेनीचोक, त्रिपुरा युवा क्लबको कार्यालयसम्म

दक्षिण : भीनपा १८ मदनभण्डारी स्मृति प्रावि पछाडिको नहर चोकदेखि सीप विकास केन्द्रको नहर हुँदै निंगलाशैनी उच्च माविको नहरसम्म

थप समाचार:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.