|

दैलेख : स्थानीय तहको निर्वाचन भएको एक वर्ष बितिसक्दा समेत भैरवी गाउँपालिकाको केन्द्रको बिवाद भने अझै मिल्न सकेको छैन। भैरकालिकाथुम भएको साबिकको कार्यालय राख्ने एक पक्षको अडान र गाउँपालिको केन्द्रका हिसावले पायक पर्ने स्थान सिलगी बजारमा केन्द्र राख्ने अर्को पक्षको अडानका कारण गाउँपालिकोका केन्द्रको टुंगो लाग्न सकेको छैन। 

सात वडा विभाजन भएको भैरवी गाउँपालिकाको अस्थायी केन्द्र भैरवी गाउँपालिका-४ र ५ पर्ने सिलगी बजारमा कार्यालय खोलेर सेवा प्रवाह भइरहेको छ। स्थायी केन्द्रको टुंगोलगाउनका लागी गाउँ कार्यपालिकाको बैठक वसे पनि समाधान हुन सकेको छैन। बिवाद साम्य नहुँदा सेवा प्रवाहमा समेत प्रभाव परेपछि केन्द्रको बिवाद समधान गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्र पठाएको थियो। 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले गाउँपालिकाले सेवा दिइरहेको स्थानबाट सेवा दिन पत्र पठाएपछि केही दिन शान्त रहेको केन्द्रको बिवाद फेरि उठेपछि गाउँ कार्यपालिकाको बैठकले केन्द्रको बिवाद समधान गर्न तीन सदस्यीय रहेको कार्यदललाई जिम्मा दिने सर्व सहमतिले पारित गरेको गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले जानकारी दिए। 

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाको संयोजकत्वमा नेकपाका नेता निर्वाचन क्षेत्र १ का सासद रविन्द्रराज शर्मा र नेपाली कांग्रेसका नेता कृष्ण बिसी लाई केन्द्रको बिवाद मिलाउने जिम्मा दिइएको छ। गाउँपालिकाका अध्यक्ष बुढाले केन्द्रको बिवाद मिलाउने जिम्मा उनीहरूलाई दिएको र तोकेको स्थानमा नै केन्द्र रहने निर्णय भएकाले केन्द्रको टुंगो छिटै हुने विश्वास व्यक्त गरे। उनले नेकपाका नेता निर्वाचन क्षेत्र १ का सासद पार्टी अध्यक्ष रविन्द्र शर्मा काठमाडाैंबाट आउन ढिला भएका कारण उनीहरू बस्न पाउनु भएको छैन। बसेर निर्णय गरेपछि उनीहरूको निर्णय स्वीकार्य गरेर अगाडि जाने सहमति भएर जाने बताए।  

नेपाल राष्ट्र बैंक सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने दिएको जिम्मेवारी अनुसार शाखा खोल्न गएको सिभिल बैंक केन्द्र बिवादका कारण केही समयपछि शाखा खोलिएको थियो। साबिकको भैरीकालीकाथुम गाविसको डाँडामाडी बजारमा मा शाखा खोल्नु पर्ने माग राख्दै त्यहाँका स्थानीयले सडकको बीच भागमा खाल्डो पारेर अवरोध गरेका थिए। पछि बित्तीय सस्थालाई राजनीतिक करण नगर्ने र स्वतन्त्र तरिकाले काम गर्ने दिने सहमति भएपछि बैंक सिलंगी बजारमै स्थापना भएको हो। 

दैलेखका ११ स्थानीय तह मध्ये भैरवी गाउँपालिका र आठबिस नगरपालिका केन्द्रको टुंगो लाग्न सकेको थिएन। गुरास गाउँपालिकाले केन्द्रको बिवाद समधान गर्न निर्वाचन गरे पनि बहुमत प्राप्त गर्न नसक्दा केन्द्रको बिवाद टुंगिएको छैन। गुराँस गाउँपालिकाको गुरासे बजारमा केन्द्र राख्नु पर्छ भन्ने पक्षमा २४ मत र अहिले गाउँपालिकाको केन्द्र भएको स्थानमै केन्द्र राख्नु पर्छ भन्नेमा १९ मत खसेको थियो।

गाउँकार्यपालिकाको दुई तिहाई पुग्न ५ मत अभाव भएको थियो। निर्वाचनमा गाउँपालिकाका अध्यक्षले भने मतदान गरेन्न गुरास गाउँपालिकाका अध्यक्ष खेमराज वलीले अव छिटै केन्द्रको बिवाद सहमतिबाट हुने गरी कार्यहरू थालनी गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.