|

भद्रपुर, (झापा) : के तपाईं झापाको भद्रपुर नाकाबाट मोटरसाइकल र स्कुटर चढेर किनमेलका लागि भारत जार्दै हुनुहुन्छ? जार्दै हुनुहुन्छ भने, आफ्नो सवारी साधनको सम्पूर्ण कागजात लिएर मात्र जानुहोला! नत्र तपाईंले आफ्नो मोटरसाइकल वा स्कुटर दशगजामै थन्काएर भारत जानु पर्ने हुन्छ। किनभने, सवारी साधनको बुलुबुक र लाइसेन्स नदेखाएसम्म नेपालभारत सीमावर्ती नाकामा तैनाथ भारतीय सीमा सुरक्षा बले (एसएसबी)ले भारत प्रवेश गर्न दिने छैन।

नेपाली सवारी चालकले भारतीय एसएसबीलाई लाइसेन्स देखाउँछन्, तर, गाडीको बुलुबुक नदेखाउँदा सीमावर्ती नाकाबाटै सवारी साधन फर्काएर लैजानु भनी भन्न थालिसकेका छन्। भारतीय एसएसबीले एक साताअघि देखि यस्तो नियम कडाईका साथ सीमावर्ती क्षेत्रमै लागू गरेपछि नेपाली नागरिकलाई सवारी साधन लिएर भारत किनमेल गर्न जान समस्या पर्ने थालेको छ।

यस नाकाबाट यसअघि नेपाली नम्बर प्लेटका सवारी साधनलाई भारत प्रवेश गराउँदा एसएसबीले मोटरसाइकलको नम्बर रेडर्क पुस्तिकामा लेखाउँदा पुग्थ्यो। लाइसेन्स देखाउँदासम्म पनि हुन्थ्यो तर, अहिले आएर एसएसबीले ब्लुबुक अनिवार्य गरेको छ। एसएसबीले ब्लुबुक अनिवार्य गरेपछि मेची पुल पूर्व सडक खण्डमा मोटरसाइकल र स्कुटर पार्किङस्थल बनेको छन्। जुन दशगजा क्षेत्रमा पर्छन्।

भारतको गलगलिया बजार किनमेलका लागि प्राय: यही नाका प्रयोग गर्दै आएका स्थानीय रोहित सुब्बाले भने, ‘पहिला एसएसबीलाई लाइसेन्स वा गाडी नम्बर लेखाउँदा पुग्थ्यो। अहिले ब्लुबुक अनिवार्य गरेपछि समस्या भएको छ।उनले अधिकाशं चालकसँग लाइसेन्स मात्र बोक्ने हुँदा भारतीय बजारमा जाँदा समस्या हुने गरेको बताए। अधिकांश चालकले लाइसेन्स मात्र बोक्छन्, बुलुबुक बोक्दैन, जसले गर्दा मोटरसाइकल लिएर भारत जान पाइएको छैन’, उनले भने 'एसएसबीले किन यस्तो कडाई गरेको नेपालीमाथि बुझ्नै सकेनौँ, भारतीय नम्बर प्लेटका गाडीले लाइसेन्स देखाउँदा पुग्छ।'

किन गर्‍यो कडाइ?

एसएसबीले नेपाली नम्बर प्लेटका सवारी साधनलाई भारत प्रवेश गराउँदा अनिवार्य नम्बर लेखाउने (इन्ट्री) प्रावधान गरेको थियो। मेची पुल बनेपछि नेपालतर्फ पनि नेपाल प्रहरीले भारतीय नम्बर प्लेटलाई अनिवार्य नम्बर लेखाउने प्रावधान सुरू गर्‍यो। नेपालतर्फ सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवैले संयुक्त रूपमा चेकजाँच गर्दै आएका छन्। भारतीय मोटरसाइकल नेपाल प्रवेश गर्दा लाइसेन्स र नम्बर लेखाउँदा पुग्थ्यो। फर्किएर आउँदा भन्सारको सुविधा रसिद देखाएर जान दिन चलन थियो।

तर, केही दिनअघि एकजना भारतीय जनप्रतिनिधि नेपाल आउँदा फर्किएर मेची पुलबाट जाने क्रममा नेपाल प्रहरीले उनीसँग भन्सारको सुविधा कागजात मागेका थिए। सुविधा कागजात नदेखाएको र मोटरसाइकलमा लुकिङ ग्लाससमेत नरहेकोले नेपाल प्रहरीले उनलाई जरिवाना काटेका थिए। सोही निहुँमा ती जनप्रतिनिधिले भारतमा गएर एसएसबीलाई गुनासो पोखेपछि एसएसबीले पनि नेपाली नम्बर प्लेट माथि यस्तो कडाई गरेको हुन सक्ने स्थानीयको भनाई छ।

नेपालमा भन्सार सुविधा प्रावधान रहेकोले नेपाल प्रहरीले सुविधा कागज माग्नु नियमसंगत छ तर, भारतमा यो सुविधा नरहेको र एसएसबीले भारतीय प्रहरीको अधिकार खोसेर आफैँले यस्तो नियम लगाउनु नियमसंगत नभएको जानकारहरू बताउँछन्।

यता वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले भारतबाट नेपालतर्फ आउने भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कूटरलाई मेची पुलमा कडाई गरेपछि भारतीय एसएसबीले नेपाली नम्बर प्लेटलाई कडाई गरेको हुन सक्ने बताउँछन्। उनले एसएसबीसँग कुरा गरेर समस्या बुझी समाधान निकाल्ने बताए। यस बारेमा एसएसबीसँग समन्वय गरी समस्यालाई सहज बनाउने छौँ', उनले भने।

सीमावर्ती नेपाली भूमिमा भारतीय गाडी छाप्पछयाप्ती

एसएसबीले नेपाली सवारी साधनमाथि कडा नियम लगाए पनि भद्रपुर नगर क्षेत्रमा रहेका भारतीय नम्बर प्लेटका गाडीमाथि नेपाल प्रहरीले कडाई गर्न सकेका छैनन्। नेपाली नागरिकले भारतीय नम्बर प्लेटका गाडी घरघरमा राख्न थालिसकेका छन्। उनीहरूले न त दैनिक भन्सार सुविधा नै तिर्छ न त प्रहरीले उनीहरूको कागजात नै हेर्छन्। भारतीय गाडीलाई नेपालमा छुट दिँदा नेपालका यातायात व्यवसायी पनि मारमा परेका छन्। भद्रपुर भन्सार प्रमुख गणपति कडेलका अनुसार भन्सार तिर्ने र सुविधा लिन दैनिक १५ देखि २० वटासम्म भारतीय गाडी भन्सार आउँछन्।

तर, भद्रपुर अहिले सयभन्दा बढी भारतीय गाडी चल्छन्। भारतबाट मात्र दैनिक सय बढी भारतीय गाडी नेपाल प्रवेश गर्छन्। 'भद्रपुरमा रहेका नेपाली नागरिकसँग भएको भारतीय नम्बर प्लेटको गाडी वडा प्रहरी कार्यालय भद्रपुर एकलैले नियन्त्रण गर्न सक्दैन', प्रहरी निरीक्षक जवेगूले भने, ‘यसका लागि प्रहरी कार्यालय झापाका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग समन्वय जरुरी हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.