|

बारा : ३० वर्षअघि हत्या गरी फरार रहेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। विस २०४५ असो १७ गते सर्वोच्च अदालत काठमाडौंको फैसला आदेशले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका महागढीमाई नगरपालिका११ मधुरी टोलका पल्ट साह सोनार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले सोनारलाई आफ्नै  गाउँटोलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी गरेर बारा जिल्ला अदालतमा पेस गरिएको छ। अदालतले बिहीबार ३० वर्षअघि तोकेको कैद भुक्तानको लागि कारागार चलान गर्न आदेश दिएको छ। सोनारलाई अदालतको आदेशअनुसार वीरगञ्ज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जीतसिंह राठौरले बताए।

किर्ते मुद्दाका फरार अभियुक्त पक्राउ

तीन वर्षअघि सरकारी छाप दस्तख्त किर्ते मुद्दामा १ वर्ष कैद लागि फरार रहेका जीतपुरसिमरा उपमहानगरपालिका२१ का सोनु दास बानियालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बानियालाई आफ्नै गाउँटोलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

अदालतले बिहीबार तीन वर्षअघि तोकेको कैद भुक्तानको लागि कारागार चलान गर्न आदेश दिएको छ। बानियालाई अदालतको आदेशअनुसार वीरगञ्ज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राठौरले बताए।

लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

दुई वर्षअघि लागुऔषध गाजाँ मुद्दामा ६ महिना कैद र दुई हजार रुपैयाँ जरिवानाका लागि फरार रहेकी निजगढ नगरपालिका८ का नारायणप्रसाद घिमिरेकी पत्नी दुर्गादेवी घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले घिमिरेलाई आफ्नै गाउँटोलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। अदालतले बिहीबार दुई वर्षअघि तोकेको कैद भुक्तानको लागि कारागार चलान गर्न आदेश दिएको छ। घिमिरेलाई अदालतको आदेशअनुसार वीरगञ्ज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राठौरले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.