|

सोलुखुम्बु :  सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लामा गाडी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

एपी ०४ टी एक्स ८२८४ नम्बरको ६ चक्के टिफर मिलर लोड भएको गाडी दुर्घटना हुँदा भारत पश्चिम बंगाल कोच बिहार एसपी कर्डरका २९ वर्षीया पवित्र पालको मृत्यु भएको हो।

बिहीबार अपराह्न भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरी निरीक्षक नविन राईले बताए।

घाइते भारतकै सिक्किम अपर नेङ्जे समिन बस्ने  २८ का सञ्जय सुब्बालाई  उपचारका लागि काठमाडौं 'रिफर' गरिएको छ। दुवै जना तल्लो सोलु जलविद्युत् आयोजनाकाकामदार हुन्। घटनाबारे अनुसन्धन गरिरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.