|
गोरखा सन १९६७

आधुनिकतासँगै खाना पकाउनका लागि नयाँ नयाँ प्रविधिको विकास भइरहेको छ। अचेल शहरी क्षेत्रका नेपालीका भान्सामा एलपी ग्यास, इन्डक्सनलगायत विद्युतीय चुह्लाे प्रयोग भइरहको छ। कतिपय गाउँमा पनि यी सुविधा पुगिसका छन्।

दूर दराजका गाउँमा दाउरा नै बाल्ने गरिएपनि सुधारिएको चुह्लोको अवधारणा आएको छ। कतिपय ठाउँमा गोबरग्यासको प्रयोग हुन्छ। 

त्यो समयमा यातायातको राम्रो सुविधा नभएकाले हिँडेरै गन्तव्य पुग्नुपर्थ्यो। ठाउँठाउँमा होटलहरू खुलेका थिएनन्।  कुनै काम विशेषले वा सामान लिन टाढा टाढा जानेहरू पनि पकाउने भाँडा र अन्न बोकेर हिँड्थे। खाने बेला भएपछि वरपर दाउरा बटुलेर चुह्लो बनाउँथे र बाटोको वरपर खाली ठाउँमा खाना बनाएर खान्थे। गन्तव्यतरि लाग्थे। 

अन्न बोकेर हिँडेकाहरू बाटो वरपर भेटिने घरका मानिससँग भाँडाकुँडा मागेर पनि काम चलाउँथे। बिहे, व्रतबन्धजस्ता अवसरमा ठूल्ठूला चुह्लो बनाएर बडेमानका खड्कुँलोमा खाना बनाउने चलन थियो।

हेर्नुहाेस्, चार पाँच दशकअघिका नेपालीको चुह्लाे–

डल्कु (दोलखा), सन्– १९६७

धनकुटा, सन्– १९६५

मुगु, सन्–१९७५

चितवन, सन्– १९६७

ताप्लेजुङ, सन्– १९६७

रामेछाप, सन्– १९६७

संखुवासभा, सन्–१९६९

कास्की, सन्– १९६६

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.