|

बारा : अविरल वर्षापछि घर भत्किएर बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१४ डुमरवानामा एक जनाको मृत्यु भएको छ। अविरल वर्षापछि घर भत्कँदा राति करिब १ बजे स्थानीय वेहरी टोलका ४६ वर्षीय चोथाई माझीको मृत्यु भएको हो। राति घरमा एक्लै सुतेका माझीको घर भत्किएको देखेपछि स्थानीयले शुक्रबार विहान ५ बजे प्रहरीलाई खबर गरेका थिए।

केही वर्ष अघि श्रीमतीले विष सेवन गरी आत्महत्या गरेपछि उनी सो घरमा एक्लै बस्दै आएका थिए। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुवास हमालले अविरल वर्षाका कारण मृतक माझीको घर भत्किएपछि खसेको टायलले लाग्दा माझीको मृत्य भएको जानकारी दिए। 

मृतक माझीको शव पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.