|

ताप्लेजुङ : तेस्रो संस्करणको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज फिदिम स्पोर्टिङ क्लब पाँचथर र कर्णसिंह स्पोर्टिङ क्लब ताप्लेजुङ मैदान उत्रिँदै छन्। खेल दिउँसो २ बजे प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । 

यसअघि शुक्रबार भएको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ। रेडहर्सले कञ्चनजंघा स्पोर्टिङ क्लब ताप्लेजुङलाई १–० ले हराउँदै विजयी बनेको हो।

आगामी १६ गते सम्पन्न हुने प्रतियोगितामा काठमाडौं र भारतका गरी १० टिम सहभागी छन्। प्रतियोगिताको विजेताले तीन लाख एक हजार १११ र  उपविजेताले एक लाख ५१ हजार १११ रुपैँया नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.