|
अध्यक्ष दाबेदार भगवती न्याैपाने

तनहुँ : नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) तनहुँ जिल्लामा अध्यक्षका लागि दौडधुप चलेको छ। ७७ जिल्लामध्ये जिल्ला अध्यक्षका लागि एक मात्र महिलाको नाम सिफारिस भएको छ। जिल्ला अध्यक्षमा तनहुँबाट भगवती न्यौपाने सिफारिस भएकी हुन्।

७७ जिल्लामा जिल्ला अध्यक्ष सिफारिस हुँदा तनहुँबाट मात्रै महिला सिफारिस भएको जनाएको छ। सिफारिसमा परेकी न्यौपाने तत्कालीन एमालेको जिल्ला सचिव समेत हुन्। उनी प्रतिस्पर्धाबाट नै सचिवमा निर्वाचत भएकी थिइन्। 

न्यौपानेसँगै अध्यक्षको दावी तत्कालीन एमालेका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ,  उपसचिव विष्णुभक्त सिग्देल मैदानमा उत्रिएका छन्। त्यस्तै, तत्कालीन माओवादी केन्द्रबाट राजेन्द्रकेशरी न्यौपाने र अञ्चल कमिटी सदस्य शंकरनारायण श्रेष्ठको पनि अध्यक्षमा दावी रहेको छ। 

कार्य दलले तत्कालीन एमालेबाट ७८ र माओवादी केन्द्रबाट ६७ जना गरी १४५ जना सदस्य संख्या टुंगो लगाएको छ। तर, अध्यक्ष र सचिवको नाम भने टुङ्ग्याउन सकेको छैन।

अध्यक्ष र सचिवमा महिलाकै सम्भावना 

नेकपा तनहुँको अध्यक्ष र सचिव महिलाले सम्हाल्ने सम्भावना बढेको छ। जिल्लादेखि केन्द्रसम्म दुवै पदमा महिलाको चर्चा चल्न थालेको छ। तत्कालीन एमालेबाट अध्यक्षमा भगवती न्यौपाने भए सचिवमा तत्कालीन माओवादी केन्द्रबाट ओमकारी पौडेलले हुने सम्भावना बढेको स्रोतले बतायो।

नेतृत्वको चर्चामा रहेका दुवै नेतृ राजनीतिक रुपमा सक्रिय छन्। सचिव पदको दावेदार पौडेल पनि तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धदेखि नै साहसिक र निडर नेतृको रुपमा आफ्नो छवि बनाएकी हुन्।

आकांक्षीहरुको काठमाडौंमा दौडधुप

जिल्लाको नेतृत्व हत्याउन आकांक्षीहरुको यतिबेला दौडधुप जारी छ। अध्यक्षका सबै आकांक्षी काठमाडौंमा केन्द्रीय नेतासँग भेटघाटमा व्यस्त छन्। अध्यक्षका आकांक्षीहरु श्रीप्रसाद श्रेष्ठ, भगवती न्यौपाने, विष्णुभक्त सिग्देल, शंकरनारायण श्रेष्ठ केन्द्रीय नेताहरुसँग भेटघाटमा व्यस्त रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.