|
फाइल फोटो

बारा : खोलामा बाढीले बगाएर ल्याएको ढुंगा टिप्ने क्रममा बाराको निजगढ नगरपालिका ४ स्थित बकैया खोलामा शनिबार बिहान एउटा अनटेष्ट ट्याक्टर बगाएको छ।

बाढीको ढुङ्गा टिपेर लोड गर्ने क्रममा खोलामा अचानक आएको बाढीले स्थानीय पल्टनिया कुमरको नम्बर उल्लेख नभएको नयाँ ट्याक्टर बगाएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। ट्याक्टरका चालकसमेत रहेका कुमर र अन्यले भने भागेर ज्यान जोगाएका थिए। कुमरले खोलामा ट्याक्टर धुने क्रममा बाढीले बगाएको बताएका छन्।

खोलाभित्रै ट्याक्टर लगेर ढुङ्गा टिप्ने क्रममा अचानक आएको बाढीले ट्याक्टर बगाएको प्रत्यक्षदर्शीले बताएका छन्। बाढीले बगाएको ट्याक्टरको खोजी भइरहेको भए पनि  फेला पार्न नसकिएको प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.