भरिया बनाइन्छन् महिला

|

काठमाडौ : राजधानी रहेको नेपालको काठमाडौं उपत्यका लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गएको छ। लागुऔषध प्रयोग गर्न देशका विभिन्न भाग र विदेशबाट समेत नेपालको राजधानी उपत्यका काठमाडौं आउनेको संख्या दिन प्रतिदिन बढ्दो रहेको प्रहरी तथ्यांकले देखाएको छ।

लागुऔषध प्रयोगले युवाहरू कुलतमा फस्नुका साथै समाजमा अपराध बढेको प्रहरीको तथ्यांकले बताउँछ। यसरी प्रयोग हुने लागुऔषध स्वदेशी उत्पादनका साथै विदेशबाट महंगोमा आयात गरिन्छ। लागु औषधकै प्रयोगकर्ता अपराधमा संलग्न भएर प्रहरीले इन्काउन्टर नै गर्नुपरेका उदाहरण पनि राजधानी उपत्यकामा भेटिन्छन्। त्यसैगरी लागुऔषध प्रयोग गर्ने र बालबालिका तथा महिलामाथि यौन हिंसा एवं बलात्कार गर्ने घटना प्रहरीको तथ्यांकले देखाउँछ। 

यहाँ, हामीले राजधानीमा पछिल्लो आधा दशकमा प्रहरीले बरामद गरेको लागुऔषधको बारेमा चर्चा गर्न गइरहेका छौँ।

नेपाल प्रहरीले लागुऔषध निययन्त्रण गर्न एक ब्यूरो नै गठन गरेर यसको रोकथाममा लागेको छ। जसले दिनदिनै यति परिणाममा लागुऔषध बरामद गरेको भन्ने समाचारहरू आइरहेका हुन्छन्। 

पछिल्लो पाँच वर्षको तथ्यांक मात्रै हेर्ने हो भने उपत्यकाबाट मात्रै लागुऔषध नियन्त्रण ब्युरोले ५४ हजार ६२३ किलो लागुऔषध बरामद गरेको छ। बरामद भएको परिमाण मात्रै यति ठूलो छ भने प्रयोग कति धेरै होला? कल्पना गर्न सकिदैन।

बरामद भएका लागुऔषधमा चरेस, गाँजा, हेरोइन, अफिम र कोकिन रहेको लागुऔषध नियन्त्रण ब्युरोको नेतृत्व सम्हालिरहेका प्रहरी नायव महानिरीक्षक ठूले राई बताउँछन्। यसरी लागु औषध प्रयोग गर्नेमा उच्च घरानाका देखि सडकमा बास हुनेहरू रहेको उनले बताए। उच्च घरानाका लागुऔषध दुव्यवसनीले महंगो खालको विदेशबाट आयात हुने हेरोइन, कोकिन, अफिम जस्ता पदार्थ प्रयोग गर्ने प्रहरीको भनाइ छ। कम आय हुने दुर्व्यसनीले भने नेपालमै उत्पादन हुने गाजा, चरेसजस्ता पदार्थको प्रयोग गर्छन्।

काठमाडौंलाई लागुऔषधको अखडा बनाएर धन्दा चलाउने नेपाली मात्रै होइन विदेशी पनि छन्। यसमा धन्दा गर्नेहरूले सञ्जाल नै बनाएर लागुऔषध ओसारपसार गर्छन्। जसको जालो विदेशका ठूलाठूला सहरमा हुने त्यस्तै खाले अखडाहरूसँग हुन्छ। उक्त परिमाणमा लागुऔषध बरामद गर्दा विभिन्न देशका १५ हजार ७७८ जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। जो अपराध अनुसारको जेल सजाय भोगिरहेका र भोगिसकेका छन्। त्यसरी लागुऔषध धन्दामा लाग्नेमा नेपालीको संख्या सबैभन्दा धेरै छ भने दोस्रो नम्बरमा भारतीय रहेका छन्। 

काठमाडौं उपत्यकालाई अखडा बनाएर लागुऔषधको कारोबार गर्नेमा अफ्रिकी देशहरू बोलिभिया र नाइजेरियाका नागरिकको पनि उल्लेख्य संलग्नता रहेको लागु औषध नियन्त्रण ब्यूरोमा कार्यरत प्रहरी नायव उपरीक्षक कृष्ण पनेरुले जानकारी दिए। लागुऔषधको कारोबारमा संगल्न रहेको आरोपमा अहिले पनि यी लगायत अन्य विदेशी मुलुकका नागरिक नेपाली जेलमा सजाय काटिरहेको प्रहरीले जानकारी दिएको छ। 

बरामद हुने लागुऔषधमा भने चरेस रहेको प्रहरीको तथ्यांकले बताउँछ। स्वदेशमा उत्पादन हुने र कम मूल्य पर्ने तथा ठूलो परिमाणमा हुने भएकाले चरेस धेरै बरामद हुने गरेको डीआइजी राईको भनाई छ। अन्य लागुऔषध भने कम परिमाणमा बरामद हुने गरेको प्रहरीले जानकारी दिएको छ। 

बरामद भएको लागुऔषधको तथ्यांक अंकमा

लागुऔषध नियन्त्रण ब्युरोले सन् २०१३ देखि २०१७ सम्मको पाँच वर्षको अवधिमा विभिन्न मुलुकबाट आयत भएको ५४ हजार ६२३ किलो लागुऔषध उपत्यकाबाट बरामद गरेको हो। जसमा कुन लागुऔषध कुन वर्ष कति बरामद भयो भन्ने तथ्यांक यस्तो छ:

क्र.स.

 चरेस

 गाँजा

हेरोइन

अफिम

 कोकिन

 २०१३

 २३,८०७ किलो

 ९९६ ग्राम

 १,९३१ किलो

 ३६ ग्राम

 १२ किलो

 ४२४ ग्राम

 ९ किलो

 

२०१४

६,९१० किलो

१९१ ग्राम

२,०५३ किलो

९२ ग्राम

३ किलो

८८१ ग्राम

३३ किलो

९५० ग्राम

५ किलो

२०१५

६,६४५ किलो

९३७ ग्राम

१,५१२ किलो

९३ ग्राम

६ किलो

३४६ ग्राम

९ किलो

८३५ ग्राम

११ किलो

२०१६

४,४१३ किलो

१५ ग्राम

१९९३ किलो

८३१ ग्राम

३ किलो

७६४ ग्राम

६४ किलो

१९६ ग्राम

१३ किलो

२०१७

३,७३४ किलो

२९ ग्राम

१,३७२किलो

१६४ ग्राम

४ किलो

२२१ ग्रमा

६९ किलो

४ किलो

जम्मा

४५,५११ किलो १६७ ग्राम

८,८६२ किलो

२१६ ग्राम

३० किलो

६३६ ग्राम

१८६ किलो

८१६ ग्राम

३३ किलो

लागुऔषध तस्करीमा महिलाको प्रयोग

पाँच वर्षको अवधिमा प्रक्राउ परेका १५ हजार १६४ जना मध्ये नेपालका ६८८ महिला, भरतीय ३१ र अन्य मुलुकका ५ जना गरी ७२४ जना महिला पक्राउ परेका छन्। पक्राउ पर्ने महिला भने भरिया मात्रै हुन्।

लागुऔषध ओसारपसार गर्दा सजिलै ठूलो कमाइ हुने प्रलोभनमा परेर महिलाहरू भरियाका रुपमा प्रयोग हुने गरेको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायव उपरीक्षक प्रेम शाहीको भनाई छ।  प्रहरीको तथ्यांक अनुसार नेपालमा लागुऔषधको कारोबार बढ्दो देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.