|
प्रतीकात्मक फोटो

लहान : सप्तरीको राजविराज नगपालिका ३ स्थित बाटोमा अचेत अवस्थामा भेटिएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ।

राजविराज ३ का महादेव दासका छोरा ४५ वर्षीय श्याम दास शनिबार राति अचेत अवास्थामा बाटोमा लडिरहेको खवर पाएलगत्तै उद्धार गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको  छ।

प्रहरीका अनुसार अस्पताल भर्ना गरिएका दासको उपचारकै क्रममा मृत्यु भएको हो। दासको मृत्युपछि शव पोष्टमार्टम लागि पठाएर आवश्यक अनुसन्धाधन भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.