|
एजेन्सी

स्विट्जरल्यान्डको जुरिक शहरका बासिन्दाहरूले जम्मा गरेको रकमबाट यौनकर्मीहरूको सुरक्षाका लागि 'सेक्स बक्स' निर्माण गरिएको छ। यौनकर्मीहरूको सुरक्षा र स्थानीयको असुविधालाई मध्यनजर गर्दै जुरिक सिटी काउन्सिलले यस्तो कदम उठाएको हो।

शहरको विशेष क्षेत्रमा यौनकर्मीहरूका लागि सेक्स बक्स निर्माण गरिएको छ। यो व्यवस्थाले यौनकर्मीहरूलाई ग्राहकको खोजीका लागि यताउता भौँतारिन नपर्ने र हिंसा हुनबाट पनि  जोगिने बताइएको छ। यो व्यवस्थाले शहरवासीहरूका लागि पनि यौनकर्मीलाई देखेर हुन असहज परिस्थितिबाट मुक्त गराउनेछ।

जुरिक सरकारका प्रवक्ताले युएसटुडेलाई दिएको एक अन्तर्वार्तामा शहरबासीहरूको माहोलमा खलल नपुग्ने र यौनकर्मीहरूलाई पनि सुरक्षित हुने हिसाबले सेक्स बक्स निर्माण गरिएको बताए। उनले यसबाट सरकारात्मक प्रतिक्रिया आइरहेको समेत उल्लेख गरे।

सरकारी प्रवक्ताका अनुसार यो सेक्स बक्सले यौनकर्मीहरूको सुरक्षामा विशेष ध्यान दिनेछ साथै उनीहरूविरुद्ध हुने हिंसात्मक घटना र मानव तस्करीमा समेत कमी आउने आँकलन गरिएको छ।

काठबाट बनेको यो सेक्स बक्स अत्यन्तै सुन्दर तरिकाले निर्माण गरिएको छ। यो बाहिरबाट हेर्दा कुनै सुन्दर बगैँचा जस्तै देखिने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले बताएका छन्। यसको निर्माण जुरिक सिटी काउन्सिलले गरेको हो।

विगतमा यहाँका स्थानीय यौनकर्मीहरू ग्राहकको खोजीमा यताउता भौँतारिएको देखेर निकै दु:खी भएका थिए। त्यसैले स्विस सिटीको औद्योगिक क्षेत्रको एक विशेष ठाउँमा यसको निर्माण गरिएको छ। गाडीमा एक्लै यात्रा गरिरहेका चालकले यौनकर्मीहरूसँग सम्पर्क स्थापित गर्छन् र ग्राहकलाई पुर्‍याइदिन्छन्।

यौनकर्मीको खोजीमा रहेका ग्राहकले लामो रुटको यात्रा गर्नुपर्छ। त्यहाँ रहेका यौनकर्मीहरूले ग्राहकहरूको प्रतीक्षा गर्छन्। त्यहाँ पुगेका ग्राहक र यौनकर्मीबीचको पुनः कुराकानी भई दुवैबीच सहमति भए मात्रै सेक्स बक्समा जान्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.