|

दार्चुला: भदौ ४ गते आफ्नै घरमा मृत भेटिएका मार्मा गाउँपालिका-१ का अंगिरसिह ठगुन्नाको हत्याको आशंकामा दार्चुला प्रहरीले श्रीमान श्रीमतीसहित चार जनालाई नियन्त्रणमा लिएको छ। गुल्जर स्वास्थ्य चौकीका कार्यालय सहयोगी ठगुन्नाको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले सोही वडामै बस्ने श्रीमान गणेशसिह ठगुन्ना र उनकी श्रीमती देवकी ठगुन्नासहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरीले उनीहरूसँगै उनका भतिजा करनसिह ठगुन्ना र स्थानीय व्यवसायी धर्मसिह धामीलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएको छ। घटनाको वास्तविकता बुझ्न केही जनासँग सोधपुछ गरिएको प्रहरी अधिकारीको भनाई छ। घटना शंकास्पद देखिएकाले केही व्यक्तिसँग सोधपूछ गर्नु परेको प्रहरी अधिकारीको भनाई छ। ‘घटनाको गम्भीर रुपमा अनुन्धान थालेका छौं। अनुसन्धानका क्रममा केहीलाई नियन्त्रणमा लिनु स्वाभाविक नै हो’ दार्चुला प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले भने।

सोधपूछपछि आउने निष्कर्षका आधारमा मुद्दा अगाडि बढाइने प्रहरीको भनाई छ। प्रहरीले घटना सार्वजनिक भएको दोस्रो दिन नै चार जनालाई नियन्त्रणमा लिएको स्थानीयको भनाई छ। घटना शंकास्पद भएकाले प्रहरी निरीक्षक बोहराले अनुसन्धानपछि सबै कुरा सार्वजनिक गर्ने बताए।

आफ्नै घरमा मृत फेला परेका अंगिरसिह ठगुन्ना टाउको चोट लागेको अवस्थामा फेला परेको स्थानीयले बताए। घरका अन्य सदस्यहरू खर्क गएका बेला उनेका शंकास्पद मृत्यु भएको स्थानीय बताउँछन्।

पैसाको प्रलोभनमा अंगिरको हत्या भएको हुन सक्नेआशंका गरिएको छ। मृतको घरबाट नाै लाख रुपैयाँ फेला परेको छ भने उनले धनगढीमा जग्गा किन्न रकम संकलन गरेको आफन्तको भनाई छ। भदौ ६ गते गोकुलेश्वर अस्पतालमा पोष्टमार्टम गरी ठगुन्नाको दाहसंस्कार गरिएको थियाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.