|

कञ्चनपुर : प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकास शाहसँग भीमदत्त नगरपालिका २ खोल्टिकी बलात्कारपश्चात् हत्या भएकी निर्मला पन्तका परिवारले हत्यारा पत्ता लगाइ कानुनी कारबाही गर्न माग गरेका छन्। पीडित परिवारले प्रदेश सरकारले उपलब्ध गराएको राहतभन्दा पहिला पीडितलाई कानुनअनुसार कारबाही गर्नमा माग गरेका हुन्।

प्रदेश सरकारले उपलब्ध गराएको पाँच लाख रुपैयाँ राहत लिएर आइतबार पीडित पन्त परिवारलाई भेट्न पुगेका मन्त्री शाहसँग निर्मलाका पन्तले भने, 'दोषीलाई पक्राउ गर्नु पर्‍यो। सरकारले लागू गरेको कानुनअनुसार कारबाही हुन पर्‍यो। राहतको कुरा त्यसपछिको हो।'

प्रत्युत्तरमा मन्त्री शाहले दोषी जोसुकै भए पनि पत्ता लगाइ कानुनको दायरामा ल्याइने विश्वास दिलाए। गत साउन १० गते निर्मलाको साथी रोशनी बमको घरबाट फर्किने क्रममा उखु बारीमा बलात्कारपछि हत्या गरिएको अबस्थामा शव फेला परेको थियो। हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले प्रदर्शन गर्दा एकजना किशोरको ज्यान जानुका साथै दुई दर्जन बढी व्यक्ति घाइते भएका छन्।

यसैगरी मन्त्री शाहले शुक्रबार प्रहरीको गोली लागि मृत्यु भएका शनी खुनाका परिवारसँग समेत भेट गरेका छन्। भेटघाटका क्रममा उनले पीडित परिवारलाई सान्त्वना दिँदै मृतकप्रति सम्वेदना प्रकट गरेका छन्।

घरमै पुगेका मन्त्री शाहले प्रदेश सरकारका तर्फबाट पाचँ लाख रुपैयाँका दरले निर्मला र खुना परिवारलाई राहतस्वरूप रकम उपलब्ध गराउने घोषणा गरिएको बारे जानकारी गराए।

मन्त्री शाहले यसअघि प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायलगायतसँग सुरक्षाको अवस्थाका बारे जानकारी लिएका छन्। मन्त्री शाहसँगै प्रदेश ७ का प्रदेशसभा सदस्य र नेकपाका नेता लेखराज भट्टले समेत भेटघाट गर्दै मृत परिवारप्रति समवेदना प्रकट गरेका छन्।

यसैबीच, उच्चस्तरीय अनुसन्धान टोलीले समेत बलात्कारपश्चात् हत्या गरिएकी निर्मलाका परिवारसँग घटनाका बारे जानकारी लिएको छ। टोलीले घटनाबारे विस्तृत जानकारी लिएको हो।

दोषी पत्ता लगाउन १४ दिन अल्टिमेटम

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले निर्मला हत्याकाण्डका दोषी पत्ता लगाउनका लागि सरकारलाई १४ दिने अल्टिमेटम दिइएका छन्। आइतबार निर्मलाका परिवारसँग समवेदना प्रकट गर्न पुगेका नेता बडूले कांग्रेसलाई राजनीति गरेको दोष लगाइ छ। दोषी पत्ता नलागे १४ दिनपछि कांग्रेस झण्डा बोकेर सडकमा उत्रिने बताए। दोषी पत्ता नलाग्दासम्म सदनमा जति पटक बोल्नु परे पनि बोल्नपछि नपर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.