|

चितवन : भरतपुर महानगरपालिका–१ स्थित रामनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

राजविराजबाट काठमाडौ जाँदै गरेको ना ५ ख १५६२ नम्बरको बसले ठक्कर दिँदा पैदल हिँडिरहेकी महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अन्दाजी ३० वर्षीया महिलाको सनाखत हुन नसकेको प्रहरीले बताएको छ। 

शनिबार राति साढे २ बजे भएको दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिहान साढे ५ बजे भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.