|

काठमाडौं: काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा सोमबार गाईजात्रा मनाइँदैछ। दिवंगत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाउने चलन छ।  

नाबालक छोरा चक्रवर्तेन्द्रको मृत्युपछि शोकाकुल रानीलाई सान्त्वना दिँदै तत्कालीन राजा प्रताप मल्लले वर्ष दिनको आशौच बारिरहेकालाई गाईसहित दरबार परिसरमा आउन आदेश दिएपछि यसले जात्राको रूप लिएको विश्वास गरिन्छ। विशेषगरी वर्ष दिनयता मृत्यु भएका आफन्तको स्मृतिमा झाँकीसहित गाईजात्रा निकाल्ने प्रचलन छ।

काठमाडौंमा मृतकको तस्विरसहित गाईको झाँकी हनुमानढोका दरबार परिक्रमा गराइन्छ। दिवंगत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने विश्वास गरिन्छ।  

फोटोमा बसन्तपुरको गाइजात्राको रौनक:


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.