|

दार्चुला : चीनको ताक्लाकोटमा नेपाल-चीनयाँ अधिकारीहरूबीचको समन्वय बैठकले संगठित अपराधबिरुद्ध दुबै देशका अधिकारीहरूबीच सूचना आदान-प्रदान गर्ने सहमित भएको छ।

छ वर्षपछि आइतबार सम्पन्न दुई देशका अधिकारीहरुबीच सम्पन्न बैठले संगठित अपराधका साथै बहुराष्ट्रिय अपराध, लागुऔषध र मानव बेचबिखन लगायतका अपराधहरू नियन्त्रण गर्ने विषयमा सहमति भएको जिल्ला प्रशासन दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज अधिकारीले जानकारी दिएका छन्।

तिब्बतको ताक्लाकोटमा सम्पन्न दुई देशका अधिकारीहरूको समन्वय बैठकले दुई देशका सीमावर्ती सुरक्षा निकायबीच पारस्परिक सूचना आदानप्रदान गर्ने, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्ने विषयमा सूचना आदान प्रदान गर्ने सहिमति पनि गरेको छ। छ वर्षपछि आयोजना गरिएको समन्वय बैठकले सीमा बैठकलाई नियमित गर्ने विषयमा समेत छलफल गरेको बैठकमा सहभागी सहायक प्रजिअ शिवराज जोशीले जानकरी दिएको छ।

दार्चुलाबासीलाई सहजताका लागि आग्रह

बैठकमा चिनियाँ सिमा अधिकारीहरुसँग दार्चुलाबासीलाई मानसरोवर तीर्थयात्रा र मौसम प्रतिकूलताका समयमा हुम्लाबाट समेत आवतजावत गर्न आग्रह गरिएको छ। दार्चुलाबासीलाई मानसरोवर तथा कैलाश पर्वतसम्मको तिर्थयात्राका लागि सहजता प्रदान गर्न चिनियाँ अधिकारीहरूलाई आग्रह गरिएको सहायक प्रजिअ जोशीले बताए। त्यसैगरी दार्चुलाबाट ताक्लाकोटसम्म यात्रा अनुमति लिएका दार्चुलाबासीलाई मौसम प्रतिकूल भएको अवस्थामा हुम्लाको हिल्सा नाकाबाट समेत आवतजावत दिन चिनियाँ प्रतिनिधि मण्डललाई आग्रह गरिएको थियो।

नेपाली टोली फर्कियो 

आइतबार एक दिने सिमा समन्वय बैठकमा सहभागी भएर नेपाली टोली सोमबार फर्किएको छ। शनिवार नेपाली टोलीलाई ताक्लाकोटमा स्वागत गर्ने, आइतबार सीमा समन्वय बैठक गर्ने र सोमबार नेपाली अधिकारीहरूलाई बिदाई गर्ने चिनियाँ प्रतिनिधि मण्डलको कार्यतालिका अनुसार सोमवार नेपाल फर्किएको छ।

नेपाली टोलीमा हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगाना, डिएसपी रबिन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय दार्चुला डिएसपी नवराज अधिकारी, सशस्त्र प्रहरी बल दार्चुलाका डिएसपी भीमबहादुर चन्द, सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, सई धनबहादुर कठायत र हुम्लाबाट सई बिनोद बोहरा रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.