|

डडेल्धुरा : सरमुकाम नजिकैको अमरगढी नगरपालिका–२ आइतबजार नजिकैको ठूला खोलामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। बगरकोटबाट सदरमुकामतर्फ आउँदै गरेको ना १ ज ३११९ नम्बरको जीप मंगलबार दिउँसो १२:३० बजे दुर्घटना भएको हो।

घाइते हुनेमा भागेश्वर गाउँपालिका–४ की शारदा मडै, सोही ठाउँका टेक मडै, सरस्वती गौली विष्ट, भागेश्वर–५ का रामदत्त जोशी, अजयमेरु गाउँपालिका–५ का बहादुर खड्का, सोही ठाउँका हिरा खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

यस्तै कञ्चनपुरको झलारी नगरपालिका–१० की लक्ष्मी खडायत, अजयमेरु–५ का पुरुषोत्तम जोशी, गान्याधुरा गाउँपालिका–३ की देवादेवी कठायत पनि घाइते भएको उनले बताए। घाइते सबैको डडेल्धुरास्थित उप–क्षेत्रीय अस्पतालमा भइरहेको जनाइएको छ। घाइतेहरुको टाउको, छाती र  खुट्टामा चोट लागेको प्रहरीले बताएको छ।

जीपमा चालकसहित १५ जना रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जीप सडकबाट तल १५ मिटर खसेको प्रहरीको अनुमान रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.