|

बाँके : चाडपर्व मनाउन रोजगारी गरेर भारतबाट फर्किंदै गरेका दुई नेपाली भारतमा लुटिएका छन्। भारतको हिमाञ्चलको सिमलाबाट काम गरेर फर्किदै गरेका उनीहरुलाई लठ्याउने औषधि सेवन गराएर लुटिएको हो।

लुटिनेमा बसेला–३, सुर्खेतका ५८ वर्षीय प्रेमसिंह ठाकुर र गुलरिया नगरपालिका–१, बर्दियाका ३० वर्षीय किसन केसी रहेको इलाका प्रहरी कार्यालय जमुनहाले जनाएको छ। विस्कुटमा लठ्याउने औषधि मिसाएर खुवाएर दुवै जनाको साथमा रहेको ४० हजार भारतीय रुपैयाँ लुटेर लगेको उनीहरूले प्रहरीसमक्ष बयान दिएको प्रहरी नायव निरीक्षक शिव कुमार ओलीले जानकारी दिए। उनीहरूका साथमा रहेको झोलाहरू समेत लुटिएका छन्।

अर्ध चेत अवस्थामा रुपईडिहास्थित बसपार्कमा फेला परेका दुवैजनाको भेरी अंचल अस्पतालमा उपचार भइरहेको छ। दुवैजनाको आफन्तलाई जानकारी गराइएको ओलीले बताए। कामका लागि भारत गएका नेपाली चाडपर्व मनाउन घर आउँदै गर्दा भारतीय भूमिमा लुटिँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.