|
प्रतीकात्मक फोटो

संखुवासभा : मादी नगरपालिकामा कांग्रेस कार्यकर्ताहरू तालाबन्दी गरेका छन्। नगरपालिकाको ओखरबोटे हुँदै मंगलबारे जाने सडकको उपभोक्ता समिति अवैधानिक भएको भन्दै मंगलबार नगरपालिकामा तालाबन्दी गरेका हुन्।

उता आफूहरूले बनाएको समिति वैधानिक र सर्वपक्षीय भएकाले भन्दै ताला लगाउनु न्याय संगत नभएको नगर प्रमुख बिदुर लिङ्गथेपले बताए। उनले प्रमुखको उपस्थितिमा राजनीतिक दल, नागरिक समाजसहित बनाएको समिति नै वैधानिक भएको दाबी गरे।

उपभोक्ताहरूको हितमा नभएको समिति खारेज नभएसम्म ताला नखोलिने कांग्रेस कार्यकर्ता रामकुमार जिमीले बताए। तर नागरिकहरूको सेवा पाउने अधिकार बञ्चित हुन नदिन प्रशासन लगाएर भए पनि आफूहरू कार्यालय खोलेर सेवा प्रवाह गर्ने नगर प्रमुख लिङ्गथेपले बताए। वार्ताबाट समस्याको समाधान हल हुने भएकाले ताला बन्द गर्नु उचित नभएको उनको तर्क छ।

ओखरबोटे हुँदै मंगलबारे जाने सडक निर्माणका लागि नगरपरिषदले ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ। सो १८ किमी सडक निर्माण गर्न गत साउन महिनामा समिति गठन भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.