|

सल्यान  : वागचौर नगरपालिका ४ सिमाखोली सेतीेगुराँस गाउँमा एक घरको भित्ता(दिवाल) भत्किँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ। 

घरमूली ४० वर्षीय रामसिंह कामी, ३५ वर्षीया रामकला, छोरीहरू सात वर्षीया गंगा, ६ वर्षीया प्रमिला र छोरा चार वर्षीय रूपलालको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहले जानकारी दिए।  

घटनामा ११ वर्षीया सुनिता विक घाइते भएकी छिन्। अविरल वर्षासँगै मंगलबार राति घरको भित्ता भत्किएपछि उनीहरू पुरिएका थिए। पुरिएको खबर घाइते सुनिताले गाउँलेलाई दिएकी थिइन्।

घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्व प्रहरी टोली पुगिसकेको छ। प्रमुख जिल्ला अधिकारी कमलराज ढकालसहितको जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूको टोली पनि घटनास्थल जाँदै गरेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.