|

सुर्खेत : पानी फिल्टर गर्ने भाडालाई अवैध रक्सीको कारोबारमा प्रयोग गरिएको रहस्य खुलेको छ।

व्यपारीहरुले अवैध रक्सीको कारोवार गर्ने भाडाहरु प्रहरीले जफत गरेपछि यस्तो रहस्य बाहिर आएको हो।

घरेलु मदिराको विगविगी बढेपछि प्रहरीले  सुर्खेतको वीरेन्द्रनगरमा थालेको ‘घरेलु मदिरा क्लिन’ अप्रेशनमा व्यापारीहरुले फिल्टरमा रक्सी लुकाएको भेटियो।

दशैंपछिको दोस्रो ठुलो चाड तिहार नजिकिदै गर्दा अवैध घरेलु मदिराको बिक्री वितरण बढेको छ। प्रहरीले यसै विषयलाई ध्यानमा राखेर मदिरा नियन्त्रण थालेको हो।

३ दिनमा ३ हजारभन्दा बढी मदिरा जफत

तीन दिनको अवधिमा सुर्खेत प्रहरीले ३ हजार  ५ सय अवैध मदिरा जफत गर्‍यो। वीरेन्द्रनगरका साना होटल तथा नास्ता पसलहरुमा समेत घरेलु रक्सीको कारोबार बढेपछि अप्रेशन थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बहादुर जंग मल्लले जानकारी दिए।

उनले अधिकांश होटल सञ्चालकहरुले अवैध रक्सी फिल्टरमा लुकाएको अवस्थामा बताए। प्रहरीले पाँच थान फिल्टर जफत गरेको छ।

प्रहरीले कच्चा पदार्थ दुई हजार पाँच सय लिटर र तयार भएको रक्सी करिब एक हजार लिटर जफत गरिएको जनाएको छ।र वीरेन्द्रनगर नगरपालिका क्षेत्रका नेवारे, ईत्राम, पदमपुर, चिसापानी लगायतका ठाउँहरुबाट ठुलो मात्रामा मदिरा र मदिरा बनाउने भाडाहरु जफत गरिएको डिएसपी मल्लको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.