रुकुम : २६ किलो गाँजासहित रुकुम पश्चिममा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मुसिकोट नगरपालिका- १३, घट्टखोलाका ६९ वर्षीय कालीबहादुर केसी रहेका प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बुधबार पत्रकार सम्मेलन गरी सार्वजजिक गरेको हो।
केसीले घरकोठामा अवैध लागुऔषध गाँजा संचय गरी लुकाईछिपाई राखेको गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाको नेतृत्वमा गएको प्रहरी टोलीले मंगलबार केसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। केसीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान गरिएको प्रहरीको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।