|

दार्चुला : महाकाली नगरपालिकाले छाडा चौपायालाई खुलामञ्चबाटै निःशुल्क वितरण सुरु गरेको छ। भदौ ४ देखि नियन्त्रणमा लिइएका चौपाया व्यक्ति तथा फर्मलाई निःशुल्क वितरण सुरु गरिएको हो।

पटक पटक सूरचना प्रसारण गरेर छाडा पशु चौपाया नछोड्न आग्रह गर्दा पनि बेवास्ता गरेर खुला छोडिएका चौपायालाई नगरपालिकाले भदौ ४ बाटा सम्बन्धित पशु धनीलाई लिन आग्रह गरेको समयमा पनि २४ जना बाहेकले नलिएपछि बाध्य भएर निःशुल्क वितरण गरेको वडाध्यक्ष पुष्करराज जोशीले बताए। नगरपालिकाले दुई दर्जन चौपाया नियन्त्रणमा लिएका समाचार राजधानी दैनिकमा छ।

पछिल्लो समय लागू भएको मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११७ मा कसैले पनि पशुपंछी छाडा छोड्न नहुने उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.