|

अछाम  : जिल्लाको रामारोशन गाउँपालिका ५ मा भालुले आक्रमण गर्दा दुई महिला गम्भीर घाइते भएका छन्।

घर नजिकैको दल्याना जंगलमा घाँस काट्न गएका स्थानीय ३८ वर्षीया कोकिला बुढा र ३५ वर्षीया पारुदेवी बुढा बुधबार भालुको आक्रमणमा परेका हुन्। घाइतेको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले बताएको छ।

घाइते दुवै जनाको बयल्पाटा अस्पताल अछाममा उपचार भईरहेको छ। घाइते दुवै जना एकै घरका हुन्। घाइते दुवै जना खतरामुक्त रहेको अस्पतालले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.