|

बाँके : बाँकेमा क्रियाशील दुई जना पत्रकार शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। पत्रकारिताको माध्ययमबाट समाजलाई शिक्षा प्रदान गरेको भन्दै नेपाल पत्रकार महासंघ बाँकेले दुई पत्रकारलाई रामआधार–रामप्यारी कुर्मी शिक्षा पत्रकारिता पुरस्कारबााट पुरस्कृत गरेको हो।

रेडियो प्रतिबोध एफएम कोहलपुरका स्टेशन मेनेजर हेमन्त विक र रेडियो सदभाव एफएम नेपालगन्जमा कार्यरत निशु जोशीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको महासंघले जनाएको छ। दुवैजनालाई जनही पाँच–पाँच हजार रुपैयाँ, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो।

नेपाल पत्रकार महासंघ पूर्वकेन्द्रीय सदस्य प्रेम केसीले पुरस्कारले कामको मूल्यांकन गर्ने बताउँदै जिम्मेवारी पनि थपिने बताए। उनले आगामी दिनमा पनि सशक्त भएर शिक्षाको क्षेत्रमा कलम चलाउन पुरस्कृत पत्रकारलाई सुझाव दिए।

पुरस्कार छनोट समितिका संयोजक पूर्णलाल चुकेले शिक्षा क्षेत्रमा लेखेको समाचार, क्रियाशीलता र समाचारको प्रभावकारिताको मूल्यांकन गरि छनोट गरिएको बताए। उनले पत्रकारलाई प्रोत्साहन गर्न पुरस्कारले टेवा पुर्याउने धारणा राखे।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारूले पुरस्कारले पत्रकारलाई कलम चलाउन मद्दत मिल्ने बताए। उनले पुरस्कारको राशि बढाउँदै लैजाने प्रतिवद्धता जनाए।

सम्मानपछि बोल्दै जोशीले पत्रकारिताको माध्ययमबाट समाज धेरै गर्न बाँकी रहेको बताउँदै पुरस्कारले थप जिम्मेवारी दिएको बताइन्। उनले आगामी दिनमा शिक्षा र चेतनको क्षेत्रमा सक्रिय भएर कलम चलाउने प्रतिवद्धतासमेत जनाइन्।

यसैबीच, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारूले जन्मदिनको अवसर पारेर मंगल प्रसाद मावि कक्षा ९ मा अध्ययनरत जस्मिना शेषलाई पाँच हजार रुपैयाँ प्रदान गरेका छन्। आर्थिक अवस्था कमजोर भएकी शेषको शिक्षा आर्जनमा टेवा पुर्याउन जन्मदिनको अवसरमा रकम प्रदान गरिएको उनले बताए।

सो अवसरमा प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले चार हजार, नेपाल प्रेस यूनियनका उपमहासचिव प्रेम केसीले एक हजार पाँच सय र पूर्णलाल चुकेले एक हजार एक सय रुपैयाँ प्रदान गरे। अध्ययनका लागि रकम प्राप्त गरेकी शेषले पत्रकारको तर्फबाट पाएको रकमको सही सदुपयोग गर्ने बचन दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.