|
फाइल फोटो

संखुवासभा : जिल्लाको बृहत खाँदबारी खानेपानी आयोजनाबाट वितरण हुँदै आएको खानेपानीको महशुल करिब ५३ प्रतिशतले वृद्धि गरिएको छ। बिभिन्न बाहना बनाउदै खानेपानी उपभोत्ता सरसफाई संस्थाले महशुल शुल्क वृद्धि गरेको हो। स्थानिय तहले करको दायरा बढाएको  भन्दै संस्थाले पनि महशुलमा शुल्क वृद्धि गर्नु परेको जनाएको छ। 

उता उपभोक्ताले पहिलाकै महशुल बढी भएकाले आपत्ती जनाइरहेका बेला संस्थाबाट ५३ प्रतिशतले महशुल वृद्धि गरिएको हो। संस्थाले न्युतम ५ युनिट सम्मको प्रतिमहिना १ सय ५० बाट २ सय ३० रुपैयाँ बढाएको हो। त्यसैगरी ६ देखि १० युनिट सम्म प्रतियुनिट ४५ रुपैयाँ रहेकोमा हाल ७० रुपैयाँ पु¥याएको छ। उपभोत्ताको ५ प्रतिशत लगानी र सरकारको ५० प्रतिशत अनुदान रहेको खानेपानी आयोजनाको महसुल गत साउन देखि लागु हुने गरी महसुल वृद्धि गरिएको खाँदबारी खानेपानी उपभोत्ता सरसफाई संस्थाले जनाएको छ। ११ देखि २० युनिट सम्मको प्रतियुनिट १ सय ५ रुपैयाँ पु¥याएको छ, यस अघि प्रति युनिट ७२ रुपैयाँ लिइदै आएको थियो।

 सबै भन्दा धेरै २० युनिट भन्दा माथिका लागि प्रतियुनिट १ सय ५५ रुपैयाँ शुल्क वृद्धि गरेको संस्थाले जनाएको छ।  आयोजना निर्माणको चरणमा पटक पटक डिजाइन परिवर्तन हुँदा २५ प्रतिशत खर्च बढेकाले नगर विकास कोषसँग ऋण सम्झौता गर्दा शुल्क वृद्धि गर्ने सहमित गरिएको संस्थाका अध्यक्ष नरेन्द्र राईले जानकारी दिए। उनले भने शुल्क वृद्धि नगरिए थप ऋण नदिने भएपछि शुल्क बढाउने सम्झौता गर्नु  बाध्यता भएको दाबी गरे। 

प्रतिमहिना २ सय ३० रुपैयाँमा १० युनिट सम्म पानी दिनु पर्ने उपभोत्ता रामकुमार खत्रीको गुनासो छ। शुल्क वृद्धि गनैपर्ने भए पानीको न्युतम युनिट बढाउनु पर्ने उपभोत्ताहरुको माग छ। न्युनआय स्तर भएका उपभोक्ताले  पानीको महशुल तिर्न नसक्ने भएकाले यो शुल्क त्काल घटाउनु पर्ने उपभोत्ता खत्रीको भनाइ छ। उनले थपे न्युतम ५ युनिटले एक परिवारको प्रयाप्त नहुने भएकाले न्युनतम युनिट बढाउन आवश्यक रहेको खत्रीको भनाइ छ। 

खानेपानी संस्थाले जडान शुल्क भन्दै उपभोक्ताहरुबाट अग्रिम ५ प्रतिशत रकम २ करोड १५ लाख उठाइएको थियो। भने आयोजना सञ्चालनका लागि नगर विकास कोषबाट २० करोड २ लाख रुपैयाँ ऋण लिएको थियो। संस्थाले सो ऋण १५ वर्ष भित्रमा तिर्नुपर्ने छ। भोरेएसन अडर र मुल्य समायोजनसहित आयोजनाको खर्च रकम करिव ४६ करोड ५१ लाख रुपैयाँ खर्च भइसकेको खाँदबारी खानेपानी संस्थाले जानकारी दिएको छ। उक्त खानेपानी मुहान खाँदबारी देखी ४३ किलोमिटर दुरी  मकालु गाउँपालिका–५, मांसिमाको सिमाली खोलाबाट पानी ल्याइएको हो। संस्थाले खाँदबारी नगरपालिकाको १ देखि ९ वडा, चिचिला गाउँपालिकाको चिचिला बजार क्षेत्र र कुवापनीका करिव २ हजार ५ सय धुरी लाभान्वित छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.