|

सल्यान : विद्युतमा लोडसेडिङ भएको त सबैलाई थाहा नै छ। तर टेलिफोनमा लोडसेडिङ भएको सुन्दा अचम्म लाग्न सक्छ। अचम्म मान्नु पर्दैन  जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकामा रहेको एक टावरमा भने लोडसेडिङ हुँदै आइरहेको छ। नगरपालिका-४ तारुपारेमा रहेको स्काईको टावरबाट दैनिक १० देखि १२ घण्टा लोडसेडिङ हुने गर्दछ। 

विगत नाै वर्षदेखि उक्त टावरमा खराबी आउँदा सल्लीबजार सहित बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका केही क्षेत्र, शिद्धकुमाख गाउँपालिकाको केही क्षेत्र र सुर्खेत सिम्ता गाउपालिकासहित अन्य स्थानका बासिन्दा सन्चार क्षेत्रबाट वञ्चित भएका छन्। निर्माण भएको समयमा ६ महिना सम्म २४ घण्टा राम्रोसँग चले पनि त्यस यता सोलारको ब्याट्रीमा आएको समस्याले अहिले दैनिक १०/१२ घण्टा सम्म मात्र टावर सन्चालन हुँदै आएको टावर सञ्चालक शेरबहादुर पुनले बताए।

वर्षभरि नै टावरमा समस्या आउँदा र सोलारको ब्याट्री चार्ज नहुने भएकाले मुस्किलले दैनिक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म १० घन्टा टावर सन्चालन हुने गरेको पुनले जानकारी दिए। उनले भने, 'सुरु सुरुमा त व्याट्री नयाँ हुँदा २४ सैघण्टा टेलिफोनले काम गर्थ्याे तर आजभोलि मस्किलले ८ देखि १० घण्टा मात्र काम गर्छ।'
क्षमता विस्तार गर्न र नयाँ व्याट्रीको व्यवस्था गर्न पटकपटक नेपाल टेलिकमप केन्द्रीय कार्यालय काठमाडौंमा अनुरोध गरे कुनै चासो नदिएको उनको भनाई रहेको छ। 

२४ घन्टामा दैनिक १० घन्टा मात्र टावर सन्चालन हुँदा महत्वपूर्ण सूचना आदानप्रदान गर्न निकै सास्ती हुने गरेको स्थानीय वन्गाड कुपिण्डे नगरपालिका-६ का वडा अध्यक्ष पुरुषोत्तम आचार्यले बताए। उनले भने,'नियमित फोन सेवा नहुँदा दैनिक कामकाजदेखि लिएर अफिसियल काम कारवाही प्रभावित हुने गरेको छ।' साथै बनगाड कुपिण्डे नगरपालिका-५ राउचेको लाटुगैरेमा रहेको नमस्ते टावर एक हप्तादेखि अवरुद्ध भएको छ। उक्त टावरको अर्थिङ भाचिँदा समस्या आएको हो। 

यो टावर सगै बनगाड कुपिण्डे नगरपालिका-५ लाटुगैरेमा रहेको टावर, बनगाड कुपिण्डे नपा ११ माँझकाडामा रहेको टावर, छिमेकी जिल्ला सुर्खेतको सिम्ता गाउँपालिका गुमिचुलामा रहेको टावरसहित जम्मा ४ वटा टावर छन्। यी सबै टावर सोलार बाट संचालन हुँदै आइरहेका छन्। जसले घाम लागेको बेला मात्रै टेलीफोन सुचारु हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.