सवारीले बढाएको राजश्‍व

|

काठमाडौं : व्यापारमा उल्लेख्य वृद्धि भएसँगै चालु आर्थिक वर्षको पहिलो महिना भन्सार राजश्‍वमा पनि उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो वर्षको तुलनामा यो आर्थिक वर्षको पहिलो महिनामा आयात ५७ प्रतिशतले वृद्धि भएकोमा आयातमा आधारित भन्सार राजश्‍व भने ६७ प्रतिशतले वृद्धि भएको छ।

उल्लेख्य रूपमा भन्सारदर बढाएसँगै त्यसको प्रभाव पनि भन्सार राजश्‍वमा देखिएको हो। साउन महिनामा सरकारले आयातमा आधारित भन्सारबाट २८ अर्ब ४५ करोड राजश्‍व उठाएको छ। गत वर्षको यही महिना भने १९ अर्ब १६ करोड राजश्‍व उठाएको थियो। 

सरकारले चालु आर्थिक वर्षमा भन्सारदरमा गरेको वृद्धिको प्रभाव भन्सार राजश्‍वमा देखिएको हो। गत वर्षको सोही अवधिको तुलनामा भन्सार राजश्‍वमा करिब साढे आठ अर्ब रुपैयाँले वृद्धि भएको छ। 

गत वर्षको साउन महिनाको अवधिमा भन्सार राजश्‍वमा मात्रै ६७ प्रतिशत राजश्‍व वृद्धि भएको हो। खासगरी यातायातका सवारी साधनमा बढाएको भन्सारदरले राजश्‍वमा प्रभाव परेको देखिएको छ। त्यसोत, एक महिनाको अवधिमा मात्रै गत वर्षको सोही अवधिको तुलनामा साढे आठ अर्ब राजश्‍व बढेको छ।  

सबैभन्दा बढी राजश्‍व उठ्नेमा भारतबाट आयत गरिने ५० देखि २५० सिसीका मोटरसाइकल इन्जिन रहेका छन्। यी इन्जिनमा दुई अर्ब ५६ करोड रुपैयाँको राजश्‍व उठेको छ भने एक अर्ब ८५ करोड रुपैयाँ बराबरका यस्ता इन्जिन आयात भएका छन्। 

त्यस्तै यो एक महिनामा डिजेलको भन्सार पनि करिव दुई अर्ब चार करोड रुपैयाँको राजश्‍व उठेको छ भने आठ अर्ब ३४ करोड रुपैयाँको डिजेल आयात भएको छ। यो एक महिनामा करिव तीन अर्ब रुपैयाँको पेट्रोल आयात भएकोमा एक अर्ब ३४ करोड रुपैयाँको राजश्‍व उठेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.