|

जाजरकोट : जिल्लाको छेडागाड-४ की चन्द्रकला खत्रीको उमेर अहिले २० वर्षको मात्र भएको छ। कानुनअनुसार उनको अहिले विहे गर्ने उमेर भर्खर पुगेको छ। तर उनी दुई वर्षअघि नै उनका श्रीमान् बितिसकेका छन्।

१४ वर्षको उमेरमा विवाह गरेकी चन्द्रकलाका श्रीमान् भीमबहादुर थापाको दुई वर्षअघि रक्त क्यान्सर (ब्लड क्यान्सर) भएर मृत्यु भएको हो। श्रीमानकाे मृत्युपछि उनको जीवनमा ठूलो बज्रपात पर्‍यो। उनीसँग अहिले साढे तीन वर्षका एक छोरा र साढे दुई वर्षकी एक छोरी छन्। दुवै बच्चाको लालनपालनमा उनलाई निकै शास्ती भएको छ।

घरपरिवारले आश्रय नदिएपछि उनी अहिले माइतीको शरणमा बस्दै आएकी छन्। उनको माइती सोही नगरपालिका-१२ कार्कीगाउँ हो। नागरिकतासमेत नबनाएकी उनको सेभ द चिल्ड्रेनको बाल संवेदनशील सामाजिक सुरक्षा (पहुँच) कार्यक्रमकी कार्यक्रम संयोजक कौशिला चन्द र नगरपालिकाको न्यायिक समितिको सहजीकरणमा नागरिकता बनेको छ।

पहुँच कार्यक्रममा नागरिकता बनाउँदा सदरमुकामसँग आउँदा जाँदाको खर्चसमेत ब्यहोरेको थियो। श्रीमानकै नामबाट नागरिकता बनाएपछि उनको श्रीमान सँगको विवाहको नाता पनि कायम भएको छ। नाता कायम गराउन र नागरिकता दिलाउन ठूलै संघर्ष गर्नु परेको उनी बताउँछिन्। 'सबैको सहयोग नभएको भए मैले नागरिकता र मृतक पतिको हक नै पाउने थिइन्', उनले भनिन्।

'बालबच्चा साना छन्। माइतीमा कति बस्नु। हातमा सीप छैन। घरमा बसेर कसरी यी लालावाला पाल्नू' उनले आफ्नो पीडा सुनाउँदै भनिन् ' थाहै नपाएर लहैलहमा विहे गरियो। यो उमेरमै विधुवा हुनु पर्‍यो। अब कसरी बाँच्ने।'

उनी आफ्ना छोराछोरीकव उज्जल भविष्यका लागि भए पनि काम गर्न चाहन्छिन्। जम्मा १० कक्षासम्म पढेकी उनलाई पढ्न नपाएकोमा ठूलो पछुतो छ। उनले भनिन्, 'म छोराछोरीका लागि भए पनि केही काम गर्न चाहन्छु। तर हातमा सीप छैन। के गरुँ?' उनले भनिन्, 'कसैले सीपमूलक तालिम दिए।

व्यवसाय गरेर छोराछोरी पढाएर ठूलो मान्छे बनाउने उनको धोको छ। मैले सानैमा विहे गरे पनि छोराछोरीलाई उमेर नपुगेर विहे गर्न दिन्न। पढाएर ठूलो मान्छे बनाउँछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.