|

हुम्ला : चीनको कैलाश-मानसरोवर दर्शन गर्न गएका दुई भारतीय तीर्थ यात्रीको मृत्यु भएको छ।  मृत्यु हुनेमा धार्मिकस्थल कैलाश मानसरोवर दर्शन गरी फर्कका भारत बेंगलोरका ६१ वर्षीया वसन्ती लक्ष्मी समना र नासिक महाराष्ट्रका ८२ वर्षीया शान्ता बाजिरोहावा रहेका छन्।

बसन्ती लक्ष्मी समना चीनको ताक्लाकोटमै मृत्यु भएपछि ताक्लाकोटमै पोष्टर्माटम गरी नेपालगञ्ज लगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक  रवीन श्रेष्ठले जानकारी दिएका छन्। उनले शान्ता बाजिरोहवाको हिल्सामा रहेको स्नेहा होटेलमा खाना  खाएर सुतेका र राति अचानक मृत्यु भएको हिल्सा सिमाना प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यलय हुम्लाले बताएको छ।

हालसम्म मानसरोवर कैलाश दर्शन गर्नाका लागि हुम्लाको हिल्सा नाका हुँदै कैलाश दर्शन गर्न जाने १३ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ। गएको  जेष्ठ २३ गते ६९ वर्षीय  प्रशोक्तम  प्रभाकरण हिल्सामा जेठ ३० गते ६९ वर्षकी त्रिवेनी अग्रवालको हिल्सामा लेक लागेर मृत्यु भएको थियो भने असार ४ गते ४५ वर्षका स्वामी रामानन्दपुरी महामणडेश्वर चीनमा मृत्यु भएको थियो।

त्यसैगरी असार १२ गते ६८ वर्षकी सिन सबरवाल हुम्लाको सिमकोटमा र असार १७ गते ६८ वर्षकी भिनिता सन्जय खेडेकर चीनमा मृत्यु भएको थियो। असार १८ गते ५६ वर्षका लिला नारायण मन्डरदत्त हुम्लाको सिमकोट र असार १८ गते ६४ वर्षका नारायण सुब्बा रोयको चीनको ताक्लाकोटमा मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.