|

सल्यान : पहाडको बीचको साना घर। दुई छोरा छोरी, आमाबुबा र श्रीमतीलाई जसोतसो पाल्दै आएका लाल बहादुर भण्डारी। घरको एक्लो छोरो भएपछि घरभित्र बाहिरको जिम्मा उनकै काँधमा थियो।

घरको एक्लो छोरो गाउँमै बसेर परिवार पाल्न गाह्रो भयो भन्दै उनी विदेशिए तर  विदेशबाट धन सम्पत्ति नभई आफैँ लाश बनी बाकसमा फर्किएसँगै सिंगो परिवारकै आड भरोसा सकिएको छ।

गाउँघरमै बसी परिवार पाल्न साह्रै गाह्रो भो भनेर उनी गत माघ महिनामा मात्रै मलेसिया गएका थिए। 'अब कसको साहारामा जीउने हो' बलिन्द्र आँसुका धारा निकाल्दै श्रीमती चन्द्रा भण्डारीले विलौना गरिन्,' 'मेरो त जीवन नै अन्धकार भयो कसको साहारामा छोरा छोरी हुर्काउँ।'

अब छोरोछोरीको पालनपोषण वृद्ध सासू ससुराको हेरचाह कसरी गर्ने चिन्ताले पिरोल्न थालेको छ चन्द्रालाई। उनले भनिन्, 'श्रीमान् विदेश गए पनि छोरा छोरीको मुख हेरेर र सासू ससुरा छन् भनी सन्तोष मानी बसेकी थिएँ,' उनले थपिन्, 'सबै बर्बाद भयो, छोरा छोरी टुहुरा भए अब कसरी आफु र परिवारको गुजारा चलाउने हो केही सोच्न सकिरहेकी छैन।'

'छोरो विदेश गएपछि अब सुखका दिन आउछन्। बालबच्चा राम्रोसित पढ्नेछन् भन्ने आशा गरेकी थिएँ तर सबै आशा विलाएर गए।' आमा रेशमी भण्डारीले भनिन्। उनले दुखेसो पोख्‍दै थपिन्, घरको एक्लो छोरो बाकसमा फर्कियो अब कसको मुहार हेरेर बाच्ने हो हामीहरू।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.