|

काठमाडौं : एसियाकप छनोटअन्तर्गतको खेलमा नेपालले तीन खेल खेलेको छ जसमा दुई हार र एक जित निकालेको छ। नेपालले जित्नैपर्ने दबाबमा रहेको शनिबारको खेलमा खेलप्रमीहरू धुकचुक भइ नै रहनुपर्‍यो।

व्याटिङमा २८ ओभरमा समाप्तिपछिको एक ओभर सबैभन्दा रोचक रह्यो भने बलिङमा २५ ओभरको समाप्तिपछिको एक आठ बल निकै रोचक रह्‍यो। खेलमा मेलेसियाका दुई र नेपालका एक खेलाडीले समान तीन तीन विकेट लिए।

वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा सुरुवाती व्याटिङमा दुबै टिम आक्रामक खेल्ने प्रयास गरे। पहिलो तीन ओभरमा नै नेपालले १८ रन बनाएको थियो भने मलेसियाले २६ रन बनाउन सफल भएको थियो।

नेपालको खेल भने व्याटिङमा अन्तिमतर्फ राम्रो देखियो नेपालले अन्तिम तीन ओभरमा ३४ रन बनायो भने मलेसियाले तीन ओभरमा १६ रन बनायो। यदि नेपालले जस्तै मलेसियाले पनि अन्तिम तीन ओभरमा ३४ रन जोड्न सक्थ्यो भने जित मलेसियाको पक्षमा जाने थियो। तर त्यसो हुन नसकेको कारण नेपाल १९ रनले विजयी भयो। शनिबारको खेल जितेपछि पनि अब नेपाल दुई खेल खेल्नेछ तर ती दुबैमा जितेर मात्रै पुग्ने छैन अरुको अंक कुर्नुपर्नेछ।

आरिफको योगदान

 खेल रोचक बनाउन आरिफ शेख र सन्दीप लामिछानेको महत्वपूर्ण योगदान रहर्‍यो। सुरुवातीमा ठिकै खेलेको नेपाल १२ ओभरको समाप्ति अर्थात् ७२ बलमा जम्मा ६० रन बनाएको थियो। जवकी नेपालले टोटल खेलको १८० बलमा १८८ रन बनाउन सफल भयो।

१२ ओभरको समाप्तिसम्म नेपालले पाँच विकेट गुमाएको थियो। पाँचौ विकेट सागर पुनको आउट भएपछि मैदानमा आरिफ शेखको आगमन भयो। उनलाई बलिङ गर्दैगर्दा पहिलो बल नै वाइड फालेको मलेसियाले आरिफलाई दिएका कमै बलमात्रै डटबल भए।

बलिङमा रेहका दीपेन्द्र र आरिफको जोडी राम्रै जमेको थियो। उनीहरू दुई जनाले १०१ रनको साझेदारी गरे। अघिल्लो १३ ओभरमा ६० रन बनाएको नेपालले बीचको १४ ओभरमा भने १०२ रन बनाउन सफल भयो।

करिब १८० रनको लक्ष्यदिने सोचसहित मैदानमा प्रवेश गरेको नेपालले २७.३ र २७.४ मा आइपुग्दा लगातार दुई विकेट खेलमा महत्वपूर्ण योगदान दिएको दिप्रन्द्रसिंह ऐरी र भरखरै प्रवेश पाएका र पछिल्लो समय व्याटिङमा राम्रो प्रदर्शन गरेका सोमपाल कामीको विकेट गएको थियो। दीपेन्द्र र सोमपालको जस्तै गरी  १२.४ र १२.५ ओभरमा अनिलकुमार साह र सागर पुन आउट भएका थिए।

नेपालले भने सात विकेट गमाइसक्दा १६१ रनमात्रै बनाएको थियो। आफ्नो सोच अनसारको लक्ष्य पुर्‍याउनेमा धुकचुक नै थियो।

त्यसपछि आरिफलाई साथ दिन वसन्‍त रेग्मी मैदानमा छिरे आरिफले भने चौका छक्का हुर्‍याउन थाले। ६ बलमा उनले दुई चौका र एक छ्क्का प्रहार गरे। २७ ओभरको समाप्तिमा १६२ रन बनाएको नेपालले २८ ओभरको समाप्तिमा भने १८१ रन बनायो जसमा एक ओभरमा नेपालले ४ वाइड बल पायो भने आरिफले मात्रै १५ रन बनाए भने वसन्‍तले एक रन बनाए। यो ओभर नै नेपालको लागि रन स्कोर बढाउने सबैभन्दा महत्वपूर्ण ओभर भयो।

सन्दीपको कला

आरिफको जस्तै खेलमा सन्दिपको पनि योगदान उत्तीकै रह्‍यो भलै उनले भन्दा बढी विकेट वसन्‍त रेग्मीले लिए।  पहिलो पाँच ओभरमा मलेसियाले ४७ रन बनाएको थियो। नेपालको बलिङमा मलेसियाले चौका र छक्का मौका पाइरहेको थियो।

पाँचौ ओभर बलिङ गर्न आएका सन्दीपले छ बलनै डट फालेर रनस्कोर कम गर्न सहयोग पुर्‍याए। त्यसपछि पनि मलेसियाले चौका छक्का भने प्रहार गरेको थियो। २६ ओभरसम्म मलेसियाले १४९ रन बनाएकोमा चार ओभरमा ४० रन बनाउने संभावना जिवीतै थियो।

ओभरमा बलिङमा आएका सन्दीपले पाँच रन दिएर एकै ओभरमा दुई विकेट लिए। २५ ओभरपछिको आठ बलमा नेपालले तीन विकेट लियो। जसमा दुई सन्दीले लिए भने एक सोमपाल कामीले लिए। सन्दीले छ ओभर खेल्खा जम्मा २० रन दिए। जवकी समान छ ओभर खेलका वसन्‍त रेग्मीले छ ओभर खल्दा तीन विकेट लिएर पनि ३६ रन दिएका थिए।

बलिङ व्याटिङ दुवैमा दोस्रो दीपेन्द्र

शनिबारको खेलमा व्याटिङ तर्फ धेरै खेलाडीले राम्रो गर्न सेकेनन्। दुई खेलाडी भने अर्धशतक पूरा गर्न सफल भए। दीपेन्द्रसिंह ऐरीले ५१ बलमा ५४ रन बनाउन सफल भए। एक छक्का र छ चौकासमेत प्रहार गरे। लेलमा मेन अफ ौ म्याचको रुपमा समेत दीपेन्द्र पुरस्कृत भए।

बलिङतर्फ ऐरीको प्रदर्शन राम्रो देखियो। एक विकेट लिएमा ऐरीले छ ओभर खेल्दा २५ रन मात्रै दिए। उनीजस्तै छ ओभर खेलेका अन्य दुई खेलाडीले भने ३६ र ३९ रन दिएका थिए। सन्दीप पछि कम रन दिनेमा दीपेन्द्र भए। दीपेन्द्र बलिङ तर्फ कम रन दिनेमा दोस्रो भए भने व्याटिङ तर्फ बढी रन बनाउनेमा दोस्रो भए।

वसन्‍तको संयोग

दीपेन्द्र जस्तै बलिङ व्याटिङ दुबैका योगदान पुर्‍याएका खेलाडी हुन वसन्‍त आरिफलाई साथ दिन मैदानमा गएका वसन्‍त विकेट टिकाएर मात्रै बसेनन्। सात बल खेल्दा छ रन बनाए।

बलिङमा भने सबैभन्दा बढी विकेट लिएका वसन्‍तको संयोगनै भन्नु पर्छ दुईवटा विकेट उनको ओभरको पहिलो बलमा झर्‍यो एउटा विकेट ओभरको अन्तिम बलमा झर्‍यो।

खेलमा पहिलो बलिङ गर्दा १०.१ ओभरमा उनले एउटा विकेट लिए भने २१.१ मा अर्को विकेट लिए। त्यस्ता उनको अन्तिम विकेट भने २८ ओभरको समाप्तिमा भयो। २८.६ ओभरमा उनले अर्को विकेट लिए। ६ ओभर खेलेका वसन्‍तले तीन विकेट लिएर पनि ३६ रन दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.