|

बारा : बाराको निजगढमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। निजगढ-६ का ५६ वर्षीय कृष्ण लामिछानेको सर्पले डढेर मृत्यु भएको हो। केराबारीमा घाँस काट्न खेतमा गएको बेलामा विशालु सर्पले डसेर लामिछाने गम्भीर घाइते भएका थिए। 

घाइते लामिछानेको निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लैजाँदै गर्दा मृत्यु भएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.