|

ताप्लेजुङ : तेस्रो संस्करणको पाथीभरा गोल्डकपको उपाधी झापाको रेड स्टार क्लबले चुमेको छ। झापाकै न्यु स्टार क्लबलाई २–१ गोल अन्तरले हराउँदै रेडस्टारले उपाधी उचालेको हो।

निर्धारित ९० मिनेटको खेलमा बराबरी भएपछि खेलको निर्णय अतिरीक्त समयवाट लिइएको थियो। उपाधीका लागि पहिलो हाफमा ग्लोरीले गोल गरेका थिए भने अतिरिक्त समयमा कर्नर किकमार्फत खेल क्याप्टेन कर्ण लिम्बूले निर्णायक गोल गरेका थिए।

यता उपविजेता बनेको झापाकै न्यु स्टार भने १ गोलमा सिमित रह्यो। न्यु स्टारका लागि विजय राईले दोस्रो हाफमा एक गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। खेल बराबरीकै अवस्थामा निर्धारित समय सकिएपछि अतिरिक्त समय थप गरिएको थियो।

प्रतियोगिताको विजेता र उपविजेतालाई क्रमशः तीन लाख एक हजार १११ र  एक लाख ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिएको छ। प्रतियोगितापछि समापन समारोहका बीच प्रतिनिधिसभा सदस्य योगेश भटराईलगायतले पुरस्कार प्रदान गरेका थिए।

गएको ८ गतेदेखि जारी प्रतियोगिता विजेता तथा उपविजेतालाई पुरस्कार वितरणसँगै शनिबार समापन गरिएको छ। खेलकुदको माध्ययमबाट प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार गरि जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको लाखे जात्रा खेल सञ्चालन समितिका अध्यक्ष मोती पतंवाले बताए। लाखेजात्राको अवसरमा २०२९ सालदेखि प्रत्येक वर्ष खेल हुँदै आए पनि २०७४ सालदेखि भने नाम परिवर्तन गरेर पाथीभरा गोल्डकप बनाइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.