|

जाजरकोट : बिहान काममा गएको आफन्त वेलुका घर फर्कन्छन् कि फर्कदैनन् भन्ने चिन्ताबाट अव छिर्कमाका स्थानीयले मुक्ति पाएका छन्। वर्षौदेखि खोलामा पुल निर्माण नहुँदा बाढीको संकट भोगिरहेका जुनिचाँदे गाउँपालिका-६ का स्थानीय खोलामा पुल निर्माण भएपछि चिन्ता हटेको हो।

पटक, पटक पीडा भोग्दै आएका छिर्कमाका स्थानीय छिर्क खोलामा तीनवटा पुल निर्माणसँगै ढुक्कका साथ काम गर्न पाएका छन्। खोलामा पुल निर्माणसँगै स्थानीयको बाटो तीन घण्टा छोटिएको छ। जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले जुनिचाँदे गाउँपालिकाको अति दुर्गम छिर्कमाकाे स्थलगत अनुगमन गरी हाल ३ ओटा पुल निर्माण गरिएको थप दीर्घकालीन योजनाको लागि प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढने बताए।

छिर्कमा यहाँको सवै भन्दा दुर्गम गाउँ हो। वर्षायाममा पुलको अभावमा यहाँका स्थानीयहरू आफन्त, इष्टमित्र समेत भेटघाट गर्न पाउँने अवस्था थिएन,स्थानीय जयराम पुनले बताए। विद्यार्थी विद्यालय जानबाट वञ्चित हुँदै आएका थिए। पुल निर्माणले सवै कुरा हल गरेको पुनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.