|

काठमाडौं : कृषि विकास बैंकले जाजरकोटको खलंगामा अनलाइन बैंकिङ कारोबार सुरु गरेको छ। बैंकले आइतबारबाट कारोबार हुनेगरी (अस्ति) शुक्रबार अनलाइन बैंकिङ प्राणालीको सुरु गरेको हो। 

अनलाइन बैंकिङ कारोबार सुरु गर्न जाजरकोट पुगेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लिलालाप्रसाद सिटौलाले बैंकलाई आधुनिक बनाउनको लगि अनलाई बैंकिङ सुरु गरिएको बताए। उनले स्थानीयको सहयोग भएमा अनलाइन बैंकिङ व्यवस्थित हुने बताए। 

 बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले समग्र बैंकले युवालाई कृषिमा आकर्षित गर्ने गरी बैंकले आफ्नो कारोबार अघि बढाएको दाबी गरे। कार्यक्रममा बारेकोट गाउंपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बैंकले उपलव्ध गराउने सेवाहरुले स्थानीयको मनछुने गरी संचालन गर्नको लागि आग्रह गरे। 

उनले गरिव र किसानको जीवनस्तर उकास्नेगरी आफ्ना कार्यक्रम अघि बढाउनको लागि आग्रह गरे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.