|

संखुवासभा : नेपाल मेडिकल एसोसियनले गरेको आन्दोलनमा समर्थन गर्दै स्वास्थ्यकर्मीहरूले आन्दोलन गरेपछि जिल्ला अस्पताल खाँदबारीको स्वास्थ्य सेवा प्रभावित भएको छ। स्वास्थ्यकर्मीको आन्दोलनले संखुवासभालगायत छिमेकी जिल्ला भोजपुरका विभिन्न दुर्गम स्थानबाट उपचारका लागि आएका बिरामी मार्कामा परेका छन्। 

पाँचखपन नगरपालिका २ का सेवाग्राही जीवन श्रेष्ठले सधैँ जसो गरिने आन्दोलनले आफूहरू पीडित हुनु परेको गुनासो गरे। 'टाढाबाट दिनको माया मारेर आइयो कर्मचारीको आन्दोलनले विचल्लीमा परियो', उनले भने। सरकारी अस्पताल बन्द भएपछि महँगो शुल्क तिरेर भए पनि निजी अस्पतालतिर जानु पर्ने बाध्यता भएको उनको भनाइ छ।

उनी मात्र होइन टाडा-टाडाबाट आएका बिरामी अस्पतालमा अलपत्र परेका छन्। सरकारी अस्पतालले सेवा नदिएपछि कतिपय बिरामी निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार  गराउनु पर्ने बाध्य भएका छन्। कर्मचारीको आन्दोलनले संखुवासभाका मात्र होइन छिमेकी जिल्ला भोजपुरका विभिन्न स्थानबाट दैनिक सयौँ बिरामी मारमा परेका छन्।

अस्पतालका नित्तित प्रमुख लक्ष्मण खड्काले केन्द्रको कार्य तालिकाअनुसार आकस्मिक सेवाबाहेकको सम्पूर्ण सेवा बन्द गरिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.