|

ललितपुर : पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आइतबार बिहानैबाट भक्तजनको घुइँचो लागेको थियो। श्रीकृष्ण जन्माष्टमीका अवसरमा काठमाडौं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आएका थिए। 

वि.सं. २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका हुन्। भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पुजारीले पूजा गर्नेबाहेक सर्वसाधारणले भित्र गएर दर्शन गर्न पाएका थिएनन्।

कृष्णाष्टमीका दिनमा वर्सेनी राष्ट्रप्रमुख दर्शनका लागि यहाँ आउने गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो २.३० बजे त्यहाँ पुगेर दर्शन गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.