|

पर्सा : जिल्ला प्रहरी कार्यालय पर्साले हुन्डी कारोबार संचालन गरिरहेको ठाउँबाट कारोबारीसहित दुई समूहलाई नियन्त्रणमा लिएको छ।

विरगन्ज महानगरपालिकाको विभिन्न तीन ठाउँमा आइतबार छापा मारेर ५४ लाख ९६ हजार नगद सहित कारोबारी दुवै समूहलाई नियन्त्रणमा लिएको हो। प्रहरीले छापामारी गर्दा घटनास्थलमा रहेका दुवै टोलीका आठजना मानिस पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

विशेष सूचनाको आधारमा विरगन्ज महानगरपालिका वडा नम्बर ४ बिर्तास्थित गणेशमान चोकबाट कारोबारी पवन गुप्ताको टोली र विरगन्ज महानगरपालिका वडा नम्बर १०  घडिअर्बा मन्दिर नजिकबाट अजय कलवार सहितको टोलीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए। पक्राउ पर्ने अन्यको विषयमा विषयमा अनुसन्धान भइरहेकाले बाँकीको भने नाम सार्वजनिक गरिएको छैन।

पर्सा प्रहरीले विरगन्ज महानगरपालिकास्थित गहवा, विर्ता र घडिअर्बामा आइतबार नै छापामारी गरे पनि गहवामा भने केही फेला नपरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। विशेष सूचनाको आधारमा गोप्य रुपले छापामार्दा ५५ लाख जति नेपाली नोट सहित सात⁄आठ जना प्रहरी नियन्त्रणमा परेको उनले बताए।

नियन्त्रणमा पर्नेहरु मध्ये पवन गुप्ता मूख्य कारोबारी भएको प्रहरीले बताएको छ। बाँकीको विषयमा भने अनुसन्धान भइरहेको प्रहरी भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.