|

काठमाडौं : डा. सुरेन्द्र सिटौलाको कवितासंग्रह ‘देश र परिवेश’को विमोचन गरिएको छ। देश, समाज, इतिहास, राजनीति, शिक्षा, दर्शनलगायतका विषय र समकालीन नेपालको अवस्थालाई समेट्ने ५२ वटा कविता समेटिएको यस संग्रहमा समावेश कविताहरूले नेपालको इतिहासदेखि वर्तमानसम्मका विभिन्न विषयहरूलाई समेटेका छन्।

विज्ञानको प्राध्यापन र शिक्षाको क्षेत्रमा लामो समयदेखि संलग्न डा. सिटौलाका फुटकर कविताहरू धेरै प्रकाशन भए पनि संग्रहका रूपमा यो पहिलो प्रकाशन हो।

कवितासंग्रह विमोचन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठनका कुलपति गंगाप्रसाद उप्रेतीले संग्रहमा समावेश कविताहरूले कवि डा. सिटौलाले आफ्नो पेसागत कार्यकालमा अनुभव गरेका देशका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं शैक्षिक विकृतिहरूको चित्रण गरेको बताए। कवि डा. सिटौलाले संग्रहमा समाजमा देखिएका देशकालमा भोगेका कुरालाई कवितामा उतारेको जानकारी दिए।

संग्रहका बारेमा साहित्यकार अशेष मल्ल, प्रा.डा. बद्रीविशाल भट्टराई र संचारकर्मी रमेश खड्काले समीक्षा गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.