|

सल्यान : जिल्लाको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा आएको पहिरामा परी तीन बालबालिका पुरिएका छन्। स्थानीय बालाराम डाँगीको घर पहिरो खस्दा उनका दुई छोरी एक छोरा पुरिएका हुन्। पहिरोमा पुरिनेहरूमा उनकी १० वर्षीया छोरी ललिता डाँगी, ७ वर्षीय छोरा ललित डाँगी र ४ वर्षीया छोरी मेनका डाँगी रहेको १२ नम्बर वडा अध्यक्ष दीपक वलीले जानकारी दिए।

पहिरोमा परेर बालाराम डाँगी र उनकी श्रीमतीसमेत घाइते भएको बताइएको छ। बालबालिकाले खाना खाँदै गरेको समयमा आएको पहिरोले तीन बालबालिका र चौपाया पुरेको वलीले बताए।  वलीका अनुसार ठूलो पहिरो र भारी वर्षाका कारण उद्दार गर्न नसकिएको जानकारीमा आएको छ।

उद्दारका लागि इलाका प्रहरी कार्यालय सिमखोली र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.