|

इलाम : इलाम र पाँचथरको सीमामा रहेको राँके बजारमा सुरु भएको आगलागी नियन्त्रणका लागि इलामबाट राँके जाँदै गरेको दमकल बाटैमा बिग्रिएको छ।

इलाम नगरपालिकाको दमकल मेची राजमार्ग अन्तरगत इलाम नगरपालिका १ मिल गोलाई भन्ने ठाउँमा बिग्रिएको हो। इलामबाट गएको दमकल बाटोमा नै बिग्रिएपछि फिदिमका वडा अध्यक्ष प्रकाश गुरुङले पाँचथरबाट ल्याएको दमकलले आगो निभाउने प्रयास जारी छ।

आगलागीबाट तीन घर जलेर नष्ट भएका छन्। आगोलागीबाट तीलबहादुर बस्नेत, श्रीबहादुर विष्ट र इश्वर श्रेष्ठको पसल जलेर नष्ट भएको हो। पाँचथर र इलामको सीमामा रहेको राँके बजारमा ठालुमान श्रेष्ठको घरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका हवलदार विजय राईले श्रेष्ठको घरमा आगोको मुस्लो दन्किएको र स्थानीयको सक्रियतामा नियन्त्रण प्रयास भइरहेको बताए। आगलागीको कारण भने नखुलेको उनको भनाइ छ। उनले घटनामा अहिलेसम्म कुनै मानवीय क्षतिको खबर नआएको बताए। यस अघि पनि उक्त ठाउँमा भीषण आगलागी भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.