|
Representative Photo

काठमाडौं : उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली सेना विश्वकै अनुशासित र मर्यादित फौज भएको बताएका छन्। 

संयुक्त राष्ट्रसंघको आह्वहानमा लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई सम्बोधन गर्दै पोखरेलले नेपाली सेनाको इमान्दारिताकै कारण लेबनानी जनता र राष्ट्रसंघको विश्वास जित्न सकिएको बताए। 

मन्त्री पोखरेलले जुनसुकै चुनौती इमान्दारीताका साथ सामना गर्नेसक्ने नेपाली शान्ति सैनिकको विश्वभर उच्च मुल्यांकन भएको पनि बताए।  लेबनान मिसनमा सहभागी हुने क्रममै २९ जना नेपाली शान्ति सैनिकले सहादत प्राप्त गरिसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.