|

सोलुखुम्बु : भुकम्प पीडित एकल महिलाको घर वडा कार्यालयले निर्माण गरिनेदिने भएको छ। थुलुङदुधकोशी गाउँपालिका –९ कि भूकम्प पीडित रत्नकुमारी राईको घर निर्माणमा वडा कार्यालयले सहयोग गर्ने भएको हो। 

प्यारालाईसीसले ग्रसीत ६५ वर्षीया राईको एक मात्र जीवनको सहारा छोरा भएपनि उनी समेत सुस्त भएकाले घर निर्माणमा समस्या भएपछि वडा कार्यालयले सहयोग गर्ने भएको हो। वडा अध्यक्ष भुपाल सिं राईले भने, ‘भुकम्पले घर ध्वस्त बनाएर अनुदान पाएपनि अनुृदान लिन र बनाउनका लागि सहजिकरण गर्ने कोहि छैन।’ 

एक छोरा पनि सुस्त छन् आमा पनि हिड्डुल गर्न सक्दिनन् गाउँमा कसैलेपनि पत्याउँदैनन् त्यसैले वडाले सहयोग गर्नुपर्छ भन्ने लाग्यो। अध्यक्ष राईले भने, ‘पहिलो किस्ता बापतको अनुदान पनि छोरा डल्लेलाई सदरमुकाम ल्याएर मैले भदौ १४ गते ५० हजार झिकिदिएको छु, अब घर निर्माणको काम तत्काल सुरु हुन्छ। त्यो पनि वडाले नै जिम्मा लिन्छ।’

चार जना छोरा छोरीकी आमा पीडित राईको श्रीमानको समेत तीस वर्ष पहिला नै मृत्यु भएको छ। एक छोरा र दुई छोरी समेत कहाँ छन् भन्ने कुनै टुङ्गो पत्तो छैन्। उनको  करिब २ रोपनी जग्गा छ भने भएको एक तले घर समेत भुकम्पले क्षति पुर्‍याएपछि थप समस्या थपिएको वडा अध्यक्ष भुपाल सिंह राईले बताए। अधिकांशले घरको डीपीसी सकेर दोस्रो तथा तेस्रो किस्ता समेत लिईसकेको अवस्थामा पीडित राईले वडाअध्यक्षको सहयोगमा भर्खर पहिलो किस्ता बापतको अनुदान रकम बुझेका छन्। करिब ३ बर्ष यता प्यारालाईसीसको बिरामी भएपछि हिडडुल गर्न समस्या भएको रत्नकुमारी राईको भनाइ छ। ‘घरमा काम गर्नसक्ने मान्छ नहुँदा कसैले पनि सहयोग गर्दैनन्’ पीडित राईले गुनासो गरिन्, ‘छोरा मान्छे नहुँदा त महिलालाई पत्याउँदैनन् त्यहि माथि म नसक्ने, छोरा न लाटो न बाठोको छ।’

‘रकम भएपनि कामदार लगाउन सक्ने क्षमता नभएपछि भुकम्प प्रतिरोधि घर वडाले निर्माण गरिदिने भएको हो।’ वडा अध्यक्ष राईले भने, ‘घर निर्माणको लागि अनुदानको रकम अपुग भए वडाले व्यवस्था गर्ने छ।’ भुकम्प प्रतिरोधी घर निर्माणको लागि कम्तीमा करिब चार लाख लाग्ने स्थानीयको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.