|
File Photo

चितवन : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सभापति देउवाले बिम्स्टेक शिखर सम्मेलन भने सरकारले सफलतापूर्वक सम्पन्न गरेको प्रतिक्रिया दिएका छन्। उनले कर बढाउनेलगायतका सरकारका काम कारबाही सन्तोषजनक नरहेको स्मरण पनि गराए।  सोमबार चितवनमा स्थानीय संचारकर्मीमाझ सभापति देउवाले चिकित्सकहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनीहरूको माग सम्बोधन गर्न सरकारलाई दबाब दिने योजना पनि अघि सारे।

कांग्रेस सभापति देउवाले नयाँ मुलुकी ऐन जनभावना अनुसार परिमार्जन गर्दै लैजानुपर्नेमा पनि जोड दिए। उनले संविधान, कानुन परिमार्जन गर्दै लैजाने दस्तावेज भएकाले यसलाई सोही अनुसार अघि बढाउन सरकारलाई पनि आग्रह गरे।

सभापति देउवाले मुलुकमा बलात्कारलगायतका घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै दोषी पहिचान गरी तत्काल कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.