|

काठमाडौं  : गौरा पर्व मुख्य गरी सुदूरपश्चिमको महान् पर्व मानिन्छ।  सोमबार पर्वको अठ्यावाली अर्थात् अष्टमीको अवसरमा काठमाडौंको टुँडिखेलमा पनि गौरा पर्वको रौनक देख्‍न सकिन्थ्यो। 

महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ।  मध्य रातमा कृष्ण पक्षको अष्टमी तिथि रहेका दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ। गौरा एवं दुर्वाष्टमी पर्व भने सूर्योदयकालमा अष्टमी तिथि रहेका दिन मनाउनुपर्छ। 

यस दिन सुदूरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन्। काठमाडौंको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासीहरूले मनोरञ्जन गर्दछन्। 

गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा देखिएका केही दृश्‍यझलक :

सुदूरपश्चिमको महान् पर्व गौराको मुख्य दिन आज अठ्यावाली 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.