|

हेटौँडा : प्रदेश-३ को मन्त्रपरिषद् बैठकले ६ वटा निर्णय गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो। 

बैठकले प्रदेश निजामती सेवा पुरस्कारसम्बन्धी कार्यविधि स्वीकृत गर्ने, सामाजिक विकास मन्त्रालयको मातहतमा रहने कार्यालयहरूको स्थापना गर्न स्वीकृत गर्ने, प्रदेश खेलकुदको विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रको सैद्धान्तिक स्वीकृत गर्ने निर्णय गरेको  प्रदेश ३ सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए। 

बैंठकले सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रलाई सैद्धान्तिक स्वीकृत दिने, युवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारण पत्रको सैद्धान्तिक स्वीकृत गर्ने र प्रादेशिक शिक्षा परिषद्को स्थापना गर्न बनेको विधेयकको अवधारणा पत्रको सैद्धान्तिक स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुंगेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.